लेटाङ कानेपोखरी सडक निर्माण

Enepal Patra Pvt. Ltd. , २५१  पटक हेरिएको

लेटाङ , १८ मंसिर । लेटाङ कानेपोखरीको निर्माणाधिन कालोपत्रे सडक अन्तिम चरणमा पुगेको छ ।

सडकको अवस्था बिग्रेपछी लेटाङ नगरपालिकाले सडक बिभागमा योजना माग गरेपछि योजना परेको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । सडक बनेपछी नगरबासिलाई यातयातमा सहजता हुने मेयर राईले जानकारी दिनुभयो ।

रमिता बिबिके कन्स्ट्रक्सनले जोइन्ट भेन्चरमा निर्माण गरिरहेको सडक भोलि दिउँसो देखि कमलपुर तर्फबाट हिड्न सकिने मेयर राईले जानकारी दिनुभयो ।
१ करोड २० लाखको लागतमा बनिरहेको उक्त सडक निर्माण सम्पन्न भएपछी सडक प्रयोगकर्ताहरुले राहत पाउनेछन ।

प्रकाशित मिति: २०२०-१२-०३ , समय : १६:१४:४५ , ३ वर्ष अगाडि