वारङ्गीमा बालबिबाह सम्बन्धी अन्तरक्रिया र नाटक

Enepal Patra Pvt. Ltd. , ७१५  पटक हेरिएको

लेटाङ,१७ मंसिर । उत्तरी मोरङमा बाल बिबाहका घटना दिनानुदिन बढेको भन्दै सरोकारवाला निकायहरुले चिन्ता ब्यक्त गरेका छन ।

लेटाङ नगरपालिका वडा नम्बर ७, वारङ्गीमा मंगलबार आयोजित अन्तरक्रीया कार्यक्रममा गत ६ महिनाको अन्तरालमा आधा दर्जन बढी बाल बिबाहका घटना भएको बताउदै चिन्ता ब्यक्त गरिएको हो । पहाडी ग्रामिण बिकास सस्था उत्तरी मोरङ ९हर्डन० आयोजनामा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा वडा कार्यलयको सभा हलमा अन्त।क्रिया कार्यक्रम सम्पन्न भएको हो । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, स्थानिय बुद्धिजीवी, युवा, महिला, बाल क्लबका प्रतिनिधिलगायत उपस्थिति रहेको अन्तरर्क्रीया कार्यक्रममा सहभागी सरोकारवाला तथा अभिभाबकहरुले बाल बिबाहबाट सामाजिक बिचलन उत्पन्न भएकोले यथासक्य रोक्नु पर्ने बिचार ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका प्रमुख शंकर राईले बाल बिबाहबाट हुने असरको बिषयमा जनस्तरमा पर्याप्त चेतना जागृत नहुदाँ बाल बिबाह बढेको बताए । जनजाति समुदायको बसोबास भएका क्षेत्रमा बिबाह गर्ने उमेर नभईकन केटाकेटी मन परापर भएर भागेर बिबाह गर्ने र अभिभावकले पनि ल्याई त हालेछ भनेर घर भित्राउने संकारको कारण बालबिबाहमा कमि नआएको बताउदै प्रमुख राईले बिद्यार्थी र अभिभावक दुबैलाई यसबारे जनचेतना जागृत गराउनुपर्ने बताए । कोभिड १९ को कारण बिद्यालय बन्द हुनुले बालबिबाहका घटनामा बृद्धि भएको बताउदै प्रमुख अतिथि राईले अब बिद्यालयहरुलाई सुरक्षाका मापदण्ड अपनाउदै बिद्यालय शिक्षा संचालन गरिरे तथा टोल बस्तीमा समेत बाल बिबाहका असरहरुको बिषयमा अभिभावक शिक्षामा जोड दिन सबै पक्ष लाग्नुपर्ने बताए । बिपन्न बर्गका किशोर किशोरीले पढ्न चाहे नगरपालिकाले छात्रबृत्रिको व्यवस्था गर्ने बताउदै नगर प्रमुख राईले लेटाङ नगरपालिकालाई बालमैत्री नगरपालिका निर्माणको लागि योजना बनाएर अघि बढेको जनाउर्दै बाल बिबाहका घटना रोक्न सबैको सहयोग आबश्यक रहेको बताए ।
कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्तव्य राख्नु हुदै नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले लैङ्गिक हिंसाको प्रमुख कारकको रुपमा रहेको बाल बिबाहलाई अन्त्य गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले योजना बनाएर अघि बढ्नुपर्ने बताईन् । बालबिबाहको कारण सम्बन्ध बिच्छेद र बहुबिबाहका घटनाहरु बढेको बताउदै नगरपालिकाको न्यायिक समिति संयोजकसमेत रहेकी उपप्रमुख निरौलाले बाल बिबाह गरेका जोडिमा केही बर्षमा नै मनमुटाब सुरु हुने तथा सम्बन्ध बिच्छेद वा बहुबिबाह तर्फ आकर्षित हुदाँ उनीहरुको कोखबाट जन्मेका बालबालिकाहरुको बाल अधिकार हनन हुने गरेको बताईन् । १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान चलिरहेको यस समयमा बाल बिबाहको असरबारे अन्तरक्रिया गरिनु अत्यन्त सान्दर्भीक भएको जनाउदै उपप्रमुख निरौलाले कार्यक्रमलाई टोलबस्ती सम्म पुर्याएर बाल बिबाहसँग सम्बन्धीत गलत संस्कारलाई निरुत्साहित बनाउनुपर्ने कुरामा जोड दिईन ।
कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख महेन्द्र चौधरीले युवा अबस्थामा किशोरकिशोरीको शरिरमा आउने परिबर्तनलाई आत्मसाथ गर्दै यौन सम्बन्धी सम्बेगलाई नियन्त्रण गर्न सके बाल बिबाह नहुने बताए । हर्डनले बृहत्तर यौनिकता शिक्षाको माध्यमबाट किशोरकिशोरी तथा अभिभावकलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञान प्रबाह गरेकोमा खुसी व्यक्त गर्दै प्रमुख चौधरीले ग्रामिण भेगको स्वास्थ्य अबस्थाको हिसाबले समेत बाल बिबाह रोक्न जरुरी रहेको बताए । नेपाल शिक्षक संघ लेटाङका अध्यक्ष पूर्ण बहादुर लिम्बूले उत्तरी मोरङमा बाल बिबाह कुरितीको रुपमा रहेकोले बाल बिबाह रोक्न सामाजिक अभियान संचालन गर्नुपर्ने बताए । कार्यक्रममा आफ्नो बिचार राख्दै नेकपाका प्रतिनिधि खगेन्द्र माखिमले आर्थिक तथा चेतनाको अबस्था कमजोर भएको कारण बाल बिबाहमा बृद्धि भएको बताउदै यसलाई रोक्न ३ बटै तहका सरकारले योजना बनाएर कार्य थाल्नुपर्ने बताए ।
कार्यक्रममा लक्ष्मी मा।बि।का प्रअ पूर्ण ब। लिम्बु, वारंगी स्वास्थ्य केन्द्रका प्रमुख ऋषिराम निरौला, महेन्द्र माबिका शिक्षक टिका प्रसाद लिम्बू, साथी शिक्षक प्रतिनिधि अजय राईलगायतले बाल बिबाह रोक्न हर्डनले आयोजना गरेका कार्यक्रमले केही हदसम्म बाल बिबाहका असरबारे चेतना फैलाएको भएपनि पर्याप्त नभएको बताए । लेटाङ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेन्द्र कुमार लिम्बुको अध्यक्षतामा भएको कार्यक्रमको समापन कार्यक्रममा ज्ञान ज्योति बाल क्लबले तयार गरेको बाल प्रमे बिबाहको परिणाम बिषयक नाटक महेन्द्र माबिको प्राङ्गणमा बिद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिहरुको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।
किण्डर मिसन बर्कको आर्थिक सहयोग तथा सस्थागत बिकास संजाल, ललितपुरसंगको साझेदारीतामा आयोजित कार्यक्रमको अन्त्यमा बाल बिबाह रोक्ने प्रतिबद्धतासहित हस्ताक्षर अभियानसमेत चलाईएको थियो ।

प्रकाशित मिति: २०२०-१२-०२ , समय : १७:२४:२४ , ३ वर्ष अगाडि