आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा

Enepal Patra Pvt. Ltd. , ५९७  पटक हेरिएको

काठमाडौं ९ मंसिर । काठमाडौंको पशुपति आर्यघाटमा शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा परेकी छिन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सोमबार सार्वजनिक गरेको सन् २०२० ९यो वर्ष० का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छानेका सय जनामध्ये नेपालकी सपना रोका मगर समेत परेकी हुन् । कठिन परिस्थितिमा पनि संघर्षको बाटोलाई स्वीकार्दै समाज परिवर्तनका लागि नौलो र उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो ।

सपना रोका मगर र बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष विनयजंग बस्नेत
म्याग्दी घर भएकी सपना पढाइको लागि काठमाडाैं आएकी थिइन् । यहाँ आएपछि बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका अध्यक्ष तथा समाजसेवी विनयजंग बस्नेतले बेवारिसे लाश जलाउने गरेको देखेपछि उनले पनि यही काम थिलेकी हुन् ।

अलपत्र परेका लाशको व्यवस्थापन गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने उनले बताउँदै आएकी छन् । म्याग्दीकी १८ वर्षीया सपना दैनिकजसो काठमाडाैंको पशुपति आर्यघाट आसपासमा हुन्छिन् । उनले काठमाडाैंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शबको आफन्त बनेर दागबत्ती दिँदै आएकी छिन् ।

यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन् ।

प्रकाशित मिति: २०२०-११-२४ , समय : १३:१३:१० , ३ वर्ष अगाडि