लेटाङमा स्व–अध्ययन अभियानको सुरुवात

Enepal Patra Pvt. Ltd. , १२६५  पटक हेरिएको

लेटाङ, ७ मङ्सिर । उत्तरी माेरङकाे लेटाङ नगरपालिकाकाे १ नं. वडाका ६ वटा सरकारी विद्यालयमा आइतबार देखि स्वअध्ययन अभियान सुरु भएको छ । कोरोना भाइरस काेभिड १९ को कारण बिद्यालय बन्द भएको अबस्थामा घरमा नै अभिभावकबाट बालबालिकाहरुलाई अध्यापन गराउने शिक्षण बिधिकाे नगरप्रमुख शङ्कर राईले बिद्यार्थीलाई पुस्तक हस्तान्तरण गर्दै सुरुवात गर्नुभयो । बिषम परिस्थितिमा बिद्यालय बन्द हुँदा समेत बालबालिकाको पढाईलाई निरन्तरता दिने उदेश्यले बिद्यार्थीलाई स्व–अध्ययन सामाग्री बितरण गरिएकाे हाे । पहिलो चरणमा परिक्षणको लागि लेटाङ नगरपालिका वडा नम्बर १ र पहाडी ग्रामीण बिकास संस्था उत्तरी मोरङ, हर्डनको ग्रामीण शिक्षा परियोजनाले संयुक्त रुपमा लेटाङ १ का सामुदायिक बिद्यालयहरुमा अभियान सञ्चालन गरेका हुन् । लेटाङ १ को साग्मा मा.बि. प्राङ्गणमा वडामा रहेका सामुदायिक बिद्यालयका शिक्षक, बिद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अभिभावकहरुलाई अनुशिक्षण कार्यक्रम गरी कक्षा १ देखि ५ सम्मका बिद्यार्थीलाई स्व–अध्ययन सामाग्री बितरण गरी अभियान सुरु गरिएको हो । कोभिड १९ को कारण बिद्यालय बन्द भएको अबस्थालाई मध्यनजर गर्दै अध्यापनको बैकल्पिक माध्यमको रुपमा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले वेबसाईड मार्फत ४५ दिनमा सम्पन्न गर्न सकिने स्व–अध्ययन सामाग्री राखिएकोमा ईन्टरनेटको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गर्दै पुस्तक बितरण गरी अभियानको सुरु गरिएको हो । स्व–अध्ययन सामग्री अनुशिक्षण तथा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख राईले बिषम परिस्थितिमा प्रयोग गरिने बैकल्पिक बिधिहरु धेरै भएता पनि लेटाङको लागि स्वअध्ययन बिधि उपयुक्त हुन सक्ने बताउँदै परिक्षणको रुपमा वडा नम्बर १ मा गरिएको कार्यक्रम सफल हुने बिश्वास व्यक्त गर्नुभयो । कोभिडको जोखिम अझै केहि समयसम्म रहन सक्ने परिस्थितिलाई मध्यनजर गरि बडा कार्यलय र हर्डनले सुरु गरेको यो अभियान सफल भए नगरपालिकाभरीका बिद्यालयहरुमा स्व–अध्ययन सामग्री बितरण गरी बालबालिकाको सिकाई प्रक्रियालाई निरन्तरता दिने बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले अभिभावक शिक्षामा जोड दिदै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्तव्य राख्नु हुँदै लेटाङ नगर उप प्रमुख कृष्ण कुमारी निरौलाले घरायसी काम गर्दै अभिभावकले आफ्ना नानीहरुको शिक्षामा सहयोग गर्न सक्ने स्व– अध्ययन सामग्रीको प्रयोगमा शिक्षकले बिशेष भुमिका खेल्नुपर्ने बताउदै बालबालिकाले गरेको अभ्यास निरिक्षण गर्ने कार्य शिक्षक र अभिभावकहरुबाट गर्न सके मात्रै अभियानले सार्थकता पाउने बताउनु भयो । बालबालिकाको सिकाई प्रक्रियामा सहयोग पुग्ने यस अभियानलाई सहयोग गर्न नगरपालिकाले समेत भुमिका खेल्ने बताउदै उपप्रमुख निरौलाले बिद्यार्थीको शैक्षिक सत्र खेर नजाने तरिकाले योजना बनाएर अघि बढ्न सबै एकजुट हुनुपर्ने बताउनु भयो । कार्यक्रम बोल्दै शिक्षा शाखा कार्यालयका प्रतिनिधि कृष्ण घिमिरेले कोभिड १९ को जोखिमबाट बालबालिकालाई जोगाउदै शैक्षिक गतिबिधि संचालन गर्न स्व–अध्ययन सामाग्रीले मद्धत गर्ने भएता पनि कार्यान्वयनमा चुनौति रहेको बताउदै सबैको सहयोगबाट अभियानले सार्थकता पाउन सक्ने धारणा राख्नुभयो । लेटाङ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिष्णु कुमार मगरले अन्य सुगमका स्थानिय तह तथा वडाहरुमा जस्तो बैकल्पिक कक्षा संचालन गर्न सहज नभएकोले स्व–अध्ययन सम्बन्धी किताब मार्फत बिद्यार्थीको सिकाई सहजीकरण गर्न लागेको बताउनु भयो । बिद्यालय बन्द भई बालबालिकाहरुको पढाई अबरुद्ध भएको भनी अभिभावकहरुबाट गुनासो आईरहेको बेला हर्डन संस्थाबाट अभिभावकको सहयोगमा बालबालिकालाई घरमा नै गराउन सकिने सिकाई क्रियाकलापहरुको संगालो स्व–अध्ययन सामाग्रीमार्फत पढाई गर्न सकिने गरीको साझेदारी प्रस्ताब आएपछि अभियान संचालन गरिएको बताउदै वडा अध्यक्ष मगरले अभियान सफल बनाउन बिद्यालय प्रशासन, बिद्यालय व्यवस्थापन समिति र अभिभावकहरुबाट सहयोग प्राप्त हुने बिश्वास व्यक्त गर्नु भयो । ग्रामिण शिक्षा परियोजना मार्फत वडाका आधारभुत तहका बिद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धिको लागि ग्रामिण शिक्षा परियोजना संचालन गर्दै आएको संस्थाले कोरोना भाईरसको कारण बिद्यालय बन्द भएको समयमा बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उदश्यले स्व–अध्ययन सामाग्री मार्फत अभियान संचालन गरिएको पहाडी ग्रामिण बिकास संस्था उत्तरी मोरङ, हर्डनका अध्यक्ष टेक बहादुर लिम्बुले जानकारी दिनु भयो । संचार माध्यमको सहज पहुच नभएका भौगोलिक रुपमा बिकट रहेका स्थानहरुमा स्व–अध्ययन सामाग्री बैकल्पिक शिक्षण बिधिको रुपमा उपयुक्त हुने कुरालाई जोड दिदै अध्यक्ष लिम्बुले लेटाङ वडा नम्बर १ मा गरिएको परिक्षण अभियान सफल भए पश्चात लेटाङ नगरपालिकाका अन्य वडाहरु तथा छिमेकी अन्य पालिकाहरुमा समेत अभियान संचालन हुने बिश्वास व्यक्त गर्दै सबैलाई सहयोगको लागि आग्रह गर्नुभयो । वडा अध्यक्ष बिष्णु कुमार मगरको अध्यक्षता र हर्डका सुरेश अधिकारीको संचालनमा भएको सो कार्यक्रममा लेटाङ नगरपालिका वडा नम्बर १ बाट बिद्यालयहरुलाई १/१ थान ज्वरो नाप्ने थर्मल गन तथा बिद्यार्थीहरुको लागि आबश्यक पर्ने माक्स बिद्यालयका प्रधानाध्यापकहरुलाई बितरण गरिएको थियो । ।

प्रकाशित मिति: २०२०-११-२२ , समय : २१:११:१४ , ५ वर्ष अगाडि