ने.बि.संघको अध्यक्षमा राजिब ढुङानाको सम्भावना चुलिंदै

Enepal Patra Pvt. Ltd. , १२६०  पटक हेरिएको

काठमान्डौ १२ फाल्गुन । नेपाली कांग्रसको विद्यार्थी संगठन नेविसंघको ११आ कार्यसमितिको विघटन पश्चात १२औं महाधिवेशन सम्पन्न गराउन निर्माण हुन लागेको तदर्थ समितिमा नेविसंघका पुर्व उपाध्यक्ष राजिव ढुङ्गाना अध्यक्ष हुने पक्का भएको छ ।

सालीन र भद्र स्वभावका ढुङ्गानालाई अधिकांश जिल्ला अध्यक्ष, क्याम्पस इकाई अध्यक्ष, नेविसंघका पुर्व पदाधिकारीहरूको समर्थन रहेको छ । माउ पार्टी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्पुर्ण बरिष्ठ नेताहरूसँग सल्लाह गरी ढुङ्गानालाई तदर्थ समितिको अध्यक्ष तोक्ने पक्का भएको हो । यद्दपी केही व्यक्ति ढुङ्गानाको चरित्र हत्यामा लागि परेका छन् ।

ढुङ्गानाको उमेर बढाएर गलत उमेरको प्रचार गर्ने, विद्यार्थी माझ निरन्तर लोकप्रिय रहदै आएपनि १२ वर्षदेखि विद्यार्थी राजनीतिमा नरहेको भनि र साथसाथै भड्किलो तवरबाट अनेकौं नेताहरूसँग नाम जोडी ढुङ्गानाको चरित्र हत्यामा केही व्यक्ति लागि परेको बुझिएको छ ।  तर यी मिथ्या हल्लाबाट पार्टी विचलित नहुने कुरामा ढुङ्गाना पक्षधर ढुक्क भएको र छिट्टै ढुङ्गाना अध्यक्ष हुने उनी निकटका विद्यार्थी नेताले बताएका छन् ।

प्रकाशित मिति: २०१९-०२-२५ , समय : १०:११:१३ , ५ वर्ष अगाडि