मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र पाठशाला बन्दै

–पुरूषोत्तम सुबेदी/ रिपेश दाहाल , ४९१  पटक हेरिएको

वाग्मती , ३ कात्तिक । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका –५ स्थित प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्र माछापालन गर्ने व्यवसायिक किसानहरूका लागि पाठशालाको रूपमा स्थापित भएको छ । केन्द्रले नेपाली बजारमा वार्षिक उपलब्ध हुने माछामध्ये भण्डै रू दुईअर्ब मूल्य बराबरको सात हजार पाँचसय मेट्रिकटन खाने माछा उत्पादनमा प्रत्यक्ष भूमिका निर्वाह गर्दै आएको छ । माछापालक किसानहरूका लागि सहुलियत मूल्यमा माछाको भुरा उपलब्ध गराउने, किसानहरूलाई आवश्यकताअनुसार प्राविधिक ज्ञान र सिपबारे जानकारी दिने साथै माछापालन व्यवसाय गर्न माछापोखरी तयार गर्नेदेखि बजारीकरण गर्ने कार्यमा केन्द्रले सहजीकरण गर्दै आएको छ ।
माछापालनमा रुचि राख्ने किसानहरूलाई व्यावसायिक रूपमा प्रबद्र्धन गर्नका लागि विविध कार्य पनि गर्दै आइरहेको केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत नारायण गिरीले जानकारी दिनुभयो ।छिमेकी देश भारतमा माछाको व्यावसायिक उत्पादन गर्दै आएकाले नेपालमा पनि माछाको व्यावसायिक उत्पादन गर्नुपर्छ भनेर हेटौंडामा वि।स। २०२४ मा व्यावसायिक माछापालन केन्द्र स्थापना गरिएको थियो ।स्थापना कालमा माछाको उत्पादन र बिक्रीमा मात्र केन्द्रीत उक्त केन्द्रले पछि भने मत्स्य विकास केन्द्रको रूपमा ह्याचरीमार्फत भुराहरू समेत उत्पादन गरेर बिक्री वितरण गर्न थाल्यो ।
उक्त केन्द सङ्घीयता कार्यान्वयनसँगै हाल प्राकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको रूपमा परिणत भएको छ ।
करिव ७२ बिघा अर्थात ४७।०९ हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्रमा हाल साना र ठूला गरी ४३ वटा पोखरी छन् ।
माछाका प्रजातिको अध्ययन , अनुुसन्धान तथा उत्पादनसमेत गर्नाका साथैै ब्यावसायिकरूपमा माछा पालन व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्य लिइएको सो केन्द्रमा माछा पालन तथा भुरा उत्पादन गर्ने र माछाबारे थप अनुसन्धान पनि गर्ने गरिन्छ ।
केन्द्रले बारा, पर्सा, रौतहट, मकवानपुरलगायत जिल्लामा सञ्चालनमा रहेका विभिन्न साइज एवं आकारका एक हजार ५०० हेक्टर क्षेत्रफलको माछा पोखरीका लागि वार्षिक रूपमा करिब छ करोड वटा सबै प्रकारको माछाका भुरा आपुर्ति गरिरहेको छ । भुराको माध्यमबाट वार्षिक एक हजार पाँचसय कृषकलाई माछा पालन गर्न सहयोग पुग्नाका साथै वार्षिक सात हजार पाँचसय मेट्रिकटन खाने माछा उत्पादनमा योगदान पुगेको केन्द्रको तथ्याङ्क छ ।
हाल उक्त केन्द्रले बारा, पर्सा रौतहट तथा मकवानपुरका पाँच हजार माछापालक कृषकलाई सेवासँगै टेवा पनि पु¥याउदै आएको छ । माछापालक कृषकहरूले करिव रू एक अर्ब ८७ करोड ५० लाख बराबरको कूल माछा उत्पादन गरेर प्रतिपरिवार कृषकले सरदर रू पाँच लाख वार्षिक खुद मुनाफा गर्दै आएकोे केन्द्रको अनुमान छ ।
यसवाहेक केन्द्रले बेला बेलामा खानाका लागि तयार गरिएका ठूला माछाहरू सहुलियतदरमा समेत विक्री गर्ने गरेका कारण सर्वसाधारण उपभोक्ता र व्यवसायीहरूको केन्द्रमा माछा खरिद गर्न घुइँचो लाग्ने गर्दछ ।
तराईकोभन्दा चिसो पानी हुने हुँदा यहाँको माछा स्वादिलो भएकै कारण माछा निकाल्ने बेला माछा किन्न अघिल्लै दिनदेखि विशेष कुपन ९टोकन० लिएर लाम लाग्नुपर्ने हुन्छ । सामान्य बजारको माछाभन्दा ताजा हुने र सस्तो अनि चिसो पानिमा हुर्किएको माछा स्वादिलोसमेत हुने भएकोले यहाँ माछा निकाल्दा लाइन लागेरै भएपनि माछा किन्ने गरेको हेटौंडा–४ का अनिल उप्रेतीले बताउनुभयो ।प्राविधिक सेवा र टेवा प्राप्त गरिरहेका कृषकहरूले बारा पर्सा तथा रौतहट जिल्लाबाट उत्पादन हुने गरेको छडी तथा ताजा र जिउदो माछाले देशलाई माछामा आत्मनिर्भर हुनमा योगदान पु¥याउदै आएको केन्द्रले जनाएको छ ।
केन्द्रले एक दुई दिनका साना ९जिराको दाना जत्रो० , एक इन्च , र हातका औंला आकारका भुराहरू वार्षिक करिव छ करोड थान विभिन्न प्रजातिका माछाका भुराहरू विक्री वितरण गर्ने गरेको छ । अब माछा पालन व्यवासाय गर्दा समयसापेक्ष, प्रविधिमैत्री र आधुनकीकरणतर्फ जोड दिनुपर्ने केन्द्रका प्रमुख एवं वरिष्ठ मत्स्य विकास अधिकृत गिरीले जानकारी दिनुभयो ।केन्द्रले आफ्नो हालका प्राकृतिक जालाशयका कार्यक्रमतर्फ मत्स्य बीज र उत्पादनतर्फ ह्याचलिङ्ग९जिरा आकारका० पाँच करोडभन्दा बढी, फ्राई९पाँचदेखि १० ग्रामका० २५ लाखभन्दा बढी र फिङ्गरलिङ्ग९औंलाका आकारका० १३ लाखभन्दा बढी उत्पादन गर्ने लक्ष्य सहित मत्स्य पालन गर्नमा सहजीकरण गर्ने , सिपमूलक तालिमको व्यवस्था गर्दै माछा मारी जिविकोपार्जन गर्ने समुदायको जीवनस्तरसमेत उकास्न मद्धत पु¥याउने, प्रकाकृतिक जलाशय मत्स्य प्रबद्र्धन एवं संरक्षण केन्द्रको रूपमा काम गर्दै आएको छ ।हाल विभिन्न पदका १६ जना कर्मचारीको दरवन्दी रहेको यस केन्द्रमा आठ कर्मचारी कार्यरत छन् ।रासस

प्रकाशित मिति: २०२०-१०-१९ , समय : १४:४३:०२ , ४ वर्ष अगाडि