प्रेम राईको सहयोगमा तरुणदलद्वारा खाध्यान्न बितरण

Enepal Patra Pvt. Ltd. , ९४९  पटक हेरिएको

केराबारी, २९ अशोज । कोरोना भाईरसको संक्रमणदर दिनानुदिन बढिरहेको ऐलेको समयमा जनताको दैनिकी कस्टकर बनिरहेको छ ।
घरबाहिर ननिस्कौ खाना पाईन्दैन निस्कौ रोगले संक्रमित हुने डर ।

यो अवस्थामा नेपालका हुँदा खाने बर्गहरु अतिनै समस्यामा छन । उनिहरुको बिहान बेलुकाका छाक टार्न गाह्रो अवस्था भैइरहेको छ ।

यस्तै अवस्थालाई सामान्यिकरण गर्न जनस्तर बाट समेत प्रयास भैरहेको छ । केराबारीमा लामो समय कर्मक्षेत्रको रुपमा बसोबास गर्नुभएका काठमान्डौ निवासी हाल मकाउमा रहनुभएका प्रेम राईको सहयोगमा नेपाल तरुणदल केराबारीले अति बिपन्न ९ घरपरिवालाई १ बोराका दरले ९ बोरा खाध्यान्न बितरण गरेको छ । तरुणदल केराबारीका सभापती पप्पु साहले दिएको जानकारी अनुसार बिपन्नता बाट गाजिएका परिवारलाई उक्त खाध्यान्न सहयोग गरिएको हो । साहले सहयोगी मनका धनी प्रेम राई प्रती कृतज्ञता समेत प्रकट गर्नुभयो ।

तरुणदल केराबारीले कोरोनाको समयमा “हुनेले दिएर जाउ नहुनेले लिएर जाउ” भन्ने नमुना काम गरेर बिश्वभरी चर्चा बटुलेको थियो भने हाल समेत राजनीति संगसंगै सामाजिक कार्यले प्रसंसित भैइरहेको छ ।

प्रकाशित मिति: २०२०-१०-१५ , समय : १२:५१:२० , ४ वर्ष अगाडि