लेटाङ खानेपानीको गरिमा माथि आँच नपु¥याउन समितिको आग्रह

Enepal Patra Pvt. Ltd. , ६६०  पटक हेरिएको

लेटाङ(मोरङ) २६ असोज । उत्तरी मोरङको लेटाङस्थित खानेपानी तथा सरसफाई मूल उपभोक्ता संस्थाले कर्मचारी छनौटमा कुनै कर्मचारी प्रति आग्रह पूर्वाग्रह नभएको जनाएको छ ।
सोमबार अध्यक्ष सूर्य बहादुर गिनेल मगर र सचिव राजकुमार उदासले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै कर्मचारी नियुक्तिका विषयमा उठान भएका आवाज र सामाजिक सञ्जालमा लेखिएका विषयहरू प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ । विज्ञप्तिमा आवश्यक योग्यता पुगेका कर्मचारीहरूलाई अस्थायी नियुक्ति दिएको उल्लेख गर्दै कर्मचारी नियमावलि २०६७ अनुसार नै ३ जना कर्मचारीलाई अस्थायी नियुक्ति दिइएको बताइएको छ । नियमावलिको परिच्छेद २ को दफा २२ मा करार कर्मचारीलाई अस्थायी नियुक्ति दिँदा कार्य क्षमता ,अनुशासन,इमान्दारिता र लगनशीलताको आधारमा अध्यक्ष सचिवको प्रस्तावमा कार्य समितिको पूर्ण बैठकले नियुक्ति दिने ब्यवस्था रहेको छ । नियमावलिको दफा अनुसार नै योग्यता पुगेका ३ जना कर्मचारीलाई अस्थायी नियुक्ति दिइएको समेत विज्ञप्तिमा उल्लेख छ । केही दिनयता एकाध ब्यक्तिले आफ्नो पारिवारीक सदस्यलाई नियुक्ति नगरिएको भन्दै हुल हुज्जत गर्ने , कार्यालयको दैनिक काममा बाधा पु¥याउने जस्ता काम भइरहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अगाडि भनिएको छ – यस्ता कार्यले संस्थाको गरीमा माथि नै आँच पुगेको छ , यस्ता कार्य प्रति घोर भत्र्सना गर्दछौं ।
कोभिड १९ को त्रासले विश्व नै थलिएको बेला उच्च सतर्कता अपनाएर नियमित सेवा दिइरहेको खोनपानी उपभोक्ता संस्थाले सबै कर्मचारीलाई कार्य क्षमता मूल्याङ्कनका आधारमा अस्थायी नियुक्ति दिने याजना बनाएको छ । तर, वर्षौ देखि अवरुद्ध रहेको काम गर्दै जाने क्रममा बाधा अबरोध आउँनु अत्यन्तै खेद जनक छ– अध्यक्ष सूर्यबहादुर गिनेल मगरले भन्नुभयो । मगरले दलीय भागवण्डाका आधारमा कर्मचारी छनौट नभएको दाबी गर्दै कसैलाई काखा र कसैलाई पाखा नगरिएको बताउनु भयो । विगतमा नीतिगत र कानूनी ब्यवस्थाको अभाव थियो । संस्थालाई नीतिगत रुपमा अघि बढाउन आफ्नो टिम क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष मगरले समस्याको समाधान सम्वादबाट मात्र निस्किने बताउनु भयो । कर्मचारीले संस्था प्रति उत्तरदायि भएर काम गर्नुपर्छ । उहाँले विगतमा साना सहरी खानेपानीको कार्यक्रम सञ्चालन भएको बेला एउटा गैर सरकारी संस्थाको सामाजिक कार्यकर्ता भएर काम गरेको कर्मचारीले आफ्नो विगत पनि हेर्नु पर्ने बताउनु भयो ।
मौखिक रुपमा काम गर्न थालेका कर्मचारीलाई समेत ब्यबस्थि तगर्ने अभियानमा खानेपानी संस्था रहेको सचिव राजकुमार उदासको भनाई छ । संस्थाको गरीमा माथि धावा बोल्ने कर्मचारीलाई सञ्चालक समितिले निर्णय गरेर बर्खास्त सम्मगर्न सक्ने ब्यवस्था भएपनि हामीले संयमता अपनाएका छौं । सचिव उदासले १० जना करारका कर्मचारी मध्ये ३ जनाबाट ब्यवस्थापन प्रक्रिया सुरु भएको बताउनु भयो । संस्था प्रति उत्तरदायि बन्न नसक्ने कर्मचारीको मूल्याङ्कन आम उपभोक्ताले पनि गर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: २०२०-१०-१२ , समय : १९:३६:३५ , ४ वर्ष अगाडि