विपी जयन्तीको अवशरमा पर्यटन स्थल ब्यवस्थापन

Enepal Patra Pvt. Ltd. , ६३८  पटक हेरिएको

लेटाङ २५ भदौ । दर्जनौ संघ संस्थामा बसेर कामहरुको विरोध  मात्र गरेर बस्नु भन्दा काम गर्ने ईच्छाशक्ती र मन लगाएर काम गर्नु चहि भलाई हुने भन्दै तरुण दल केरावारीले पर्यटकीय स्थलको आकर्षण बनाउन सुरु गरेका छन् ।

१०७ औ विपी जन्मजयन्तीको अवशरमा केरावारी भ्यु पोईन्टमा बुधवार बृक्षारोपण तथा सरसफाई गरि आन्तरिक पर्यटन वढाउने उदेश्यका साथ पर्यटकका लागि बस्ने बेन्च,फोहोर ब्यवस्थापनका लागि डस्विन र नेपालको राष्टिय झन्डा राखिएको तरुणदल केरावारीका सभापती पप्पु साहले जानकारी दिनुभयो । केरावारीको पर्यटकीय क्षेत्रको सौन्दर्यताका लागि हरसम्भवको प्रयत्न गरिने साहले बताउनुभयो ।

केरावारी गाउँपालिका अध्यक्ष रोहित कार्की, नेपाली कांग्रेस जिल्ला सदस्य वृष थापा र केराबारीका सभापति प्रकाश बस्नेत संयुक्त उक्त कार्यको उद्याटन गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-०९-१० , समय : ०८:१६:३४ , ४ वर्ष अगाडि