लेटाङ नगरप्रमुख द्धारा तिजको शुभकामना

Enepal Patra Pvt. Ltd. , ४३९  पटक हेरिएको

लेटाङ, ४ भदौ । कोरोना भगाउने सर्बोतम उपाय भनेको घरमै बस्नु भएकाले घरमै रहेका आफ्ना परिवारका सदस्यहरु मात्र मिलेर हरितालिका तिज मनाउन लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अनुरोध गर्नुभएको छ ।

हरितालिका तिजको अवशरमा शुभकामना दिदै नगरप्रमुख राईले नगरवासी तथा देशविदेशमा छरिएर रहेका नेपाली दिदीबहिनी, आमावुवा तथा दाजुभाईहरुमा सुस्वास्थ्य ,दिर्घायु अनि उतरोत्तर प्रगतिको कामना सहित यस्तो वताउनुभएको हो ।
विभिन्न देशहरुमा कोभिड १९ को भ्याक्सिन विकास भईरहेको र भ्याक्सिन परिक्षण सफलता पश्चात यो चाडैनै जनस्तरमा आउने आशा सहित

हाललाई कोभिड १९ को संक्रमण वाट बच्नका लागि अत्यावश्यक काम बाहेक घर भित्रै बस्नु रहेको साथै हिड्नै परे अनिवार्य मास्क प्रयोग गर्ने , वेलावेलामा हात धुने तथा भौतिक दुरी कायम गर्न जोड दिनुभयो ।

पार्वतीले शिवजी वरका रुपमा प्राप्त गरौं भनेर मनोकामना राखेर तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वाश रहिआएको छ । तिजको दिनमा शिव मन्दिर र शिवालयहरुमा दर्शनार्थीको विशेष भिड हुन्छ । लगभग तिजका दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्दछ ।

प्रकाशित मिति: २०२०-०८-२० , समय : १८:२९:५० , ४ वर्ष अगाडि