मालदिभ्समा कोभिडका संक्रमित छ हजार नाघे

Enepal Patra Pvt. Ltd. , १०५०  पटक हेरिएको

माले, ३ भदौ ।  मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ । दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि पछिल्लो समयमा कोभिड १९ का सङ्क्रमितहरु बढेका हुन् ।

सो समाचारअनुसार यहाँ कोरोना सङ्क्रमणबाट मारिने व्यक्तिको संख्या २४ पुगेको छ । यहाँका स्थानीय मिडियाले बुधबार सो समाचार दिएका छन् । मालदिभ्सको स्वास्थ्य सुरक्षा निकायका अनुसार मंगलबार मात्र १७० जनामा सङ्क्रमण भएको पाइएको थियो ।

स्वास्थ्य अधिकारीहरुले दिएको समाचारमा बुधबार मात्र यहाँ सङ्क्रमण हुने व्यक्तिको संख्या ६ हजार ७९ पुगेको छ । यहाँका सङ्क्रमितमध्ये ३ हजार ४८८ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । अहिले पनि २ हजार ४०१ जना भने सङ्क्रमित नै रहेका र उपचार गराइरहेका छन् ।

प्रकाशित मिति: २०२०-०८-१९ , समय : २०:०९:२३ , ४ वर्ष अगाडि