गाँजासहित पक्राउ

Enepal Patra Pvt. Ltd. , २४१  पटक हेरिएको

चितवन, ३ भदौ ।जिल्ला प्रहरी कार्यालयले अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १६ का ३२ वर्षीय कुमार गुरुङ रहेका छन् ।

उनलाई प्रहरीले मङ्गलबार १० किलो ७४ ग्राम गाँजासहित पक्राउ गरेको हो । ८५ सुर्तीका प्याकेटमा प्याक गरि बिक्री गर्ने अवस्थामा घरभित्र लुकाइ राखेको अबस्थामा गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङलाई थुनामा राख्न आजै जिल्ला अदालतबाट सात दिनको समय थप गरि अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति: २०२०-०८-१९ , समय : १७:५३:०६ , ४ वर्ष अगाडि