नेकपा एमालेलाई निर्वाचन आयोगबाट बैधानिकता

Enepal Patra Pvt. Ltd. , ५८९  पटक हेरिएको

काठमाडौं, ३ भदाै। निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्तालाई बैधानिकता दिएको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएकोमा तत्कालिन एमालेमा आबद्ध रहेकाहरुले नेकपा एमाले दर्ताको लागि गत असार १२ गते आवेदन दिएका थिए ।

नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोप लाग्दै आएको छ ।

निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो ।

कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको निर्वाचन आयोगले जनाएको छ । नेकपा एमाले नेपालको १ सय ३२ औं पार्टी बनेको छ ।

प्रकाशित मिति: २०२०-०८-१९ , समय : १७:३३:४६ , ४ वर्ष अगाडि