झापा, ३ भदौ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक नागरिकले जीवनशैलीमा परिवर्तन गर्दै कोरोनासँग भिड्दै, लड्दै जीवन जिउने कला सिक्नुपर्ने बताउनुभएको छ । उहाँले भारतसँग खुला सिमाना जोडिएका कारण प्रदेश नं १ कोरोनाको उच्च जोखिममा रहेको जनाउँदै सरकारको प्रयत्नले मात्र कोरोनालाई परास्त गर्न नसकिने बताउनुभयो ।

झापाको विर्तामोडमा मङ्लबार लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘परिवर्तनका पाइलाहरु’ पुस्तकको लोकार्पण कार्यक्रममा उहाँले जीवन शैलीमा परिवर्तन ल्याउन जनसमुदायलाई आह्वान गर्नुभयो । मन्त्री घिमिरेले सरकारले कोभिड–१९ नियन्त्रणका लागि अनेकौँ उपाय अपनाउँदासमेत समस्यामा कमी नआएको बताउँदै भन्नुभयो, “अब व्यक्तिले नै म कसरी बाँच्ने र मेरो परिवार, समुदायलाई कोभिड–१९ बाट कसरी जोगाउने भन्नेबारेमा लाग्न जरुरी छ ।”

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध झापाबाट पहिलो भूमिगत महिलाका रूपमा सहभागी भई आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुहुने स्व लीला कट्टेलको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा आबद्ध अग्रज महिलाहरुले सो प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानले जिल्लाका १५ पालिकामा नेतृत्व गर्ने महिला जनप्रतिनिधिको परिचयलाई समेटेर पुस्तक प्रकाशन गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष सङ्घीय सांसद पवित्रा निरौला खरेलले यस पुस्तकले सम्पूर्ण महिलालाई र भावी पुस्ताका महिलालाई उत्प्रेरणा प्रदान गर्ने आशा र अपेक्षा लिएको बताउनुभयो । कट्टेलकै सहयोद्धा तथा संविधानसभा सदस्य नरेश खरेलले स्वार्थबाट प्रेरित भएको मान्छेले समाज परिवर्तन गर्न नसक्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.