लेटाङ सभापतीमा कुवेर पौडेल उठ्ने

प्रशान्त निराैला , २४६२  पटक हेरिएको

लेटाङ, ३० साउन । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेशन नजिकिए संगै स्थानिय तहहरुमा नेतृत्व कसले लिने भन्ने रस्साकस्सी सुरु भएको छ ।
उमेद्धवारका आकांक्षीहरु नेता तथा कार्यकर्ताको दैलोमा पुग्न थालेका छन् । नेपाली कांग्रेस पार्टी भित्र केन्द्र देखि स्थानिय तह सम्म युवा शक्तिले नेतृत्व लिनुपर्छ भन्ने आवाज बुलन्द भईरहेको छ ।

यहि सेरोफेरोमा लेटाङ नगरपालिकामा नेपाली कांग्रेस नगरसभापतिको उमेद्धवारका रुपमा वर्तमान नगरसमितिका सचिव कुवेर पौडेलले आफुलाई उभ्याएका छन् ।

पौडेल संग तत्कालिन जाँते गाँउ समितिको सदस्य तथा सचिव पद सम्हालेको कांग्रेसको अनुभव छ भने हाल उनि कांग्रेसको नगरसमितिमा सचिवको भुमिकामा रहेर काम गरिरहेको अनुभव छ ।

कांग्रेस बृतमा युवा नेतृत्वको खाँचो औल्याईरहदाँ पौडेलको उमेद्धवारी दिने कुराले चर्चा पाएको छ । प्रस्ट बक्ताको रुपमा रहेका पौडेल लेटाङका युवाहरुले रुचाएका नेताको रुपमा चिनिन्छन् ।

पौडेल राजनीति संगै ब्यवसायीक रुपमा पनि सफल मानिन्छन् । उनले जाँते बजारमा जाँतेली ब्रदर्स ट्रेडर्स संचालन गरिरहेका छन् । ब्यवसायीको हकहितका लागि काम गरिरहेको उद्योग वाणिज्य संघ लेटाङको सचिव समेत रहेका पौडेल विभिन्न संस्थामा आवद्ध छन ।
उनि सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छन् । स्थानिय नमुना साकोसका अध्यक्ष रहेका उनि कांग्रेसलाई गतिशिल वनाउन आफ्नो उमेद्धवारी रहेको धारणा राख्छन् ।

स्पष्ट वोल्न सक्ने खुवि भएका उनलाई सबैले भाबि सभापतिका रुपमा हेर्ने गरेका छन ।

प्रकाशित मिति: २०२०-०८-१४ , समय : १७:४७:३३ , ४ वर्ष अगाडि