शान्ति भगवतीको अध्यक्षमा पूनः चाम्लिङ

Enepal Patra Pvt. Ltd. , ५२०  पटक हेरिएको

लेटाङ १६ साउन । उत्तरी माेरङकै नमुना बिध्यालयका रुपमा उदय भईरहेको शान्ति भगवती माबिको अध्यक्षमा पूनः देवराज चाम्लिङ निर्वाचित हुनुभएको छ । एक महिना अघि अभिभावक भेलावाट प्रतिनिधिका रुपमा चुनिएनुभएका चाम्लिङलाई हिजोको प्रतिनीधीहरुको भेलाले अध्यक्षमा चुनेको हो ।
राईले विध्यालयलाई अंग्रेजी माध्यमवाट पठनपाठन सुरु गराउनुभएको थियो भने केही बर्ष पछि पुर्ण रुपमा अंग्रेजी माध्यमवाट मात्र पढाई हुने वातावरण वनाउने योजना रहेको वताउनुभयो ।
राईकै पहलमा प्राबिधिक शिक्षाको रुपमा हाल कक्षा ९ देखि १२ सम्म कम्प्युटर ईन्जिनियरिङ समेत अध्यापन भईरहेको उक्त विध्यालयलाई पेपरलेस बनाई अझ गुणस्तरिय शिक्षा प्रदान गर्ने योजना रहेको समेत जनाउनुभयो ।
बिध्यालयकाे भाैतिक संरचना आधुनिक किसिम बाट बनाईरहनुभएका राईले बिध्यालयकाे अवस्था राम्राे भए मात्र समाजकाे रुप फेरिने भएकाले आफ्नाे कार्याकालमा बिध्यालयलाई माेरङ जिल्लाकै नमुना बिध्यालय बनाउने याेजना रहेकाे वताउनुभयाे ।

प्रकाशित मिति: २०२०-०८-०२ , समय : १२:२४:०९ , ४ वर्ष अगाडि