रतुवामाईमा काँग्रेसले प्रशिक्षण

Enepal Patra Pvt. Ltd. , ६६१  पटक हेरिएको

विराटनगर,१२ साउन , मोरङको रतुवामाईमा काँग्रेसले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काग्रेस मोरगको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो ।

मोरंग क्षेत्र न २ को (क )स्थानीय आमबारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा. डिला संग्रौला रहनुभएको थियो ।

सहभागी सय कार्यकर्तालाई डा।संग्रौला, काग्रेस जिल्ला सदस्य , केन्द्रिय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक केशव निरौला, मोरङ सचिव ईन्द्रमणी थापाले प्रशिक्षण दिनुभएको थियो ।

मोरङ काग्रेसका सभापती डिगबहादुर लिम्बु, सचिव मोदराज घिमिरे , नेता केशव निरौला, नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमोरङ संयोजक शिवनारायण सिंह, मोरङ काग्रेस नेताहरु गोपालराज भण्डारी , पुर्वसचिवहरु मदन संग्रौला, यदु विष्ट, , काँग्रेस मोरङ जिल्ला सदस्य तथा विद्यार्र्थी शाखा प्रमुख राजुमास्के , जिल्ला सदस्य रामानाथ भटराई, नेतृ सुचि चौधरी , क्षेत्रीय सभापती नागेश्वर प्रसाद सिंह, प्रदेश (क) को सभापती सुमन कुबर ,रतुवामाई नगरपालिकाका प्रमुख रविन राई , महिला संघका नेतृहरु प्रमिला गच्छदार , प्रमिला थापा , प्रोफेसर इन्दिरा प्रसाई , खडक चोवाङ लगायतको सहभागिता थियो ।

प्रकाशित मिति: २०२०-०७-२७ , समय : २१:३५:०१ , ४ वर्ष अगाडि