विराटनगर, १२ साउन । गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीमा धनुषाका प्रजिअ कोषहरि निरौलाको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि मोरङका प्रजिअ मदन भूजेललाई आन्तरिक मामिला मन्त्रालय बागमति अञ्चलमा सरुवा गरेपछि मोरङमा प्रजिअ रिक्त थियो । गृहमन्त्रालयको शुक्रवारको निर्णय अनुसार निरौला यहाँ आउन लागेका हुन् ।

उनी यसै साता हाजिर हुने बुझिएको छ । इलाम ,नुवाकोटको प्रजिअ भएर काम गरिसकेका उनी लामो समय गृहमन्त्रालयमा कार्यरत थिए । निरौलाको गत बर्ष धनुषा सरुवा भएको हो । ओखलढुङ्गा घर भई हाल काठमाण्डौमा स्थायी बसोबास गर्दै आएका निरौला नेकपाको सरकार आएपछि आर्कषक जिल्लाको प्रजिअ हुने भाग्यमानी सहसचिव भएका छन् ।

यता मोरङका प्रजिअ भूजेल सोमवार विहानै जिल्ला छोडने बुझिएको छ । आइतवार दिनभरि जसो उनी विदाई कार्यक्रममा सहभागि भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.