लेटाङमा कांग्रेसको प्रशिक्षण

Enepal Patra Pvt. Ltd. , ५०६  पटक हेरिएको

लेटाङ ,११ साउन । मोरङको लेटाङमा काँग्रेसले प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो ।
 
 
प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा. डिला संग्रौला रहनुभएको थियो । सहभागी तिनसय बढि कार्यकर्तालाई डा.संग्रौला, काग्रेस जिल्ला सदस्य रामप्रसाद पोखरेल, केन्द्रिय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक केशव निरौला, मोरङ सचिव ईन्द्र थापाले प्रशिक्षण दिनुभएको थियो ।
 
 
मोरङ काग्रेसका सभापती डिगबहादुर लिम्बु, केशव निरौला, नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मोरङ संयोजक शिवनारायण सिंह, मोरङ काँग्रेस पुर्वसचिवहरु मदन संग्रौला, यदु विष्ट, , काँग्रेस मोरङ , महासमिती सदस्य तथा लेटाङ नगरप्रमुख शंकर राई ,मोरङ १ क्षेत्र ख सभापति ईश्वरी प्रसाद कोइराल , जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजु मास्के , नेतृ सुचि चौधरी , क्षेत्रीय सभापती तथा उर्लाबारी नगरका प्रमुख खड्ग फागो, महिला संघका नेतृहरु शोभा पालु‌वा, लेटाङ सभापति राजकुमार लामा लगायतको सहभागिता थियो ।
 
कार्यक्रममा लेटाङ तथा केराबारीका कांग्रेसका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०२०-०७-२६ , समय : १०:५०:३१ , ४ वर्ष अगाडि