रंगेलीमा ब्यायामशाला सञ्चालन

Enepal Patra Pvt. Ltd. , ८८६  पटक हेरिएको

रबिन्द्र बराल
साउन, ५ सोमबार । रंगेली नगर युवा क्लव द्वारा ब्यायामशाला (जिम खाना) सञ्चालन ल्याएको छ । आज बिधिवत रुपमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले जिमखानामा रिवन काटेर उद्धाटन गरेका हुन । नगर तथा नगर बाहिर रहेका युवा, हरुलाई स्वास्थ्य राख्ने उदेश्य ले नगर युवा क्लवले रंगेली मै पहिलो पटक अत्यधुनिक सेमिनको प्रबिधि बाट शरीर लाई व्याम सुरु गरेको छ ।

स्वास्थ्य र स्फुर्त राख्नका लागि व्याम साला सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष निरज साहले बताए । नगरपालिकाकाे ५ लाख रुपैयाँको सहयोग तथा क्लव बाट ४ लाख रुपैयाँ गरि ९ लाख रुपैयाँको लागतमा क्लवले जिमखाना सन्चालनमा ल्याएको हो । कार्यक्रमको प्रमुख अतिथि , बिशिष्ट अतिथि, बडा अध्यक्ष रामचन्द्र मंन्डल, बुद्धिजीवी सुरेश मिश्र, मचिन्द्र कटुवाल, मनोज अग्रवाल, सन्जिव श्रेष्ठ , मुरारी सोनि, मनोज साह लगायतको उपस्थिति समेत रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथिले भने अब सबै बडाहरुमा खुला व्यामसाल समेत सन्चालनमा ल्याउने प्रतिव्यधता जनाएका छन । यसरी युवाहरुले जिम खाना सन्चालन गरेकोमा धन्यवाद समेत दिएका छन । उक्त जिमखानामा साईकेलिङ मेसिन , ईलोकोट्रोनिक साईकलिन, लागायतका सामाग्रीहरुको माध्यम बाट शरीर लाई स्वास्थ्य राख्न ब्यामसाला सञ्चालनमा ल्याएका हुन ।

प्रकाशित मिति: २०२०-०७-२१ , समय : १६:१७:२५ , ४ वर्ष अगाडि