राणाकालको बाटाको स्तरोन्नति गरिने

Enepal Patra Pvt. Ltd. , ३३२  पटक हेरिएको

वाग्मती, ४ साउन । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राणाकालमा भीमफेदीबाट मोटर बोकेर काठमाडौँसम्म पु¥याउन प्रयोग गरिएको गणेशमानसिंह मार्गको स्तरोन्नति गरिने बताउनुभएको छ । मन्त्री फुयाँलले आज रासससँग कुरा गर्दै चित्लाङदेखि थानकोटसम्मको गणेशमानसिंह मार्ग, हेटौँडा–दामन हुँदै काठमाडौँसम्मको त्रिभुवन राजपथ तथा काठमाडौँ उपत्यका र हेटौँडा जोड्ने छोटो दूरीका अन्य सडक निर्माणका लागि सङ्घीय, वाग्मती प्रदेश र स्थानीय सरकार क्रियाशील रहेको बताउनुभयो ।

राणाकालमा भारतबाट मोटरबाटो हुँदै भीमफेदीसम्म आएका मोटरलाई स्थानीय मजदूरले बोकेर देउराली, कुलेखानी, मार्खु, चित्लाङ हुँदै थानकोटसम्म पु¥याएका थिए । “बाटाको ऐतिहासिक महत्व भएकाले यसको स्तरोन्नति गर्न तीनै तहका सरकार लागेको छन्”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार आजसम्म पनि सामान्य फराकिलो पार्नेबाहेक सो सडक स्तरोन्नति गरिएको थिएन । “गाडी आउजाउ हुनेसम्म त भयो तर निकै असजिलो र स्तरहीन छ, त्यसलाई हामी स्तरीय बनाउँछौँ”, उहाँले भन्नुभयो । ऐतिहासिक चित्लाङ सडकको स्तरोन्नति गर्न तीनै तहको सरकारको समन्वयमा काम अगाडि बढाउने योजना बनेको उहाँले जानकारी दिनुभयो । सो कार्यका लागि यही साउन ३ गते भौतिक मन्त्रालय, हेटौँडामा जनप्रतिनिधिसहितको छलफल भएको थियो ।

मन्त्री फुयाँलले यही साउन ११ गते चित्लाङमा सो सडक स्तरोन्नति सम्बन्धमा अन्तरक्रिया गरिने जनाइएको छ । उक्त सडकको ऐतिहासिक पक्षको संरक्षण गर्दै फराकिलो र पक्की गरिने सम्बन्धमा विभिन्न निकायका व्यक्तिसँग छलफल हुने मन्त्री फुयाँलले बताउनुभयो । रासस
–––

प्रकाशित मिति: २०२०-०७-१९ , समय : १३:०२:०७ , ४ वर्ष अगाडि