केराबारी गाउँपालिका अध्यक्षमाथी भएको सांघातिक आक्रमणको लेटाङ नगरप्रमुख द्वारा भत्सर्ना

Enepal Patra Pvt. Ltd. , ७९१  पटक हेरिएको

लेटाङ, ३ साउन । केराबारी गाउँपालिका ,मोरङका अध्यक्ष रोहित बहादुर कार्की माथि कार्यलयमै आएर सांघातिक आक्रमण गरेको घट्नाको लेटाङ नगरपालिका प्रमुख शंकर राईले घोर भत्सर्ना गर्नुभएको छ ।
गाउँपालिका अध्यक्ष माथी भएको आक्रमण क्रुर , अमानवीय , प्रचलित कानुनको बिपरित र स्थानिय तहमाथिको प्रहार भएकाले यस्तो अपराधिक कार्यको घोर भत्सर्ना गर्दै अपराधिलाई कडा भन्दा कडा सजायको लागि नेपाल सरकार , सम्मानित अदालत र नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।
नगरप्रमुख राईले नोबेल शिक्षण अस्पताल बिराटनगरमा उपचार गरिरहनुभएको गम्भीर घाईते अध्यक्ष कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०७-१८ , समय : १२:५४:४२ , ४ वर्ष अगाडि