केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार, अवस्था गम्भिर

Enepal Patra Pvt. Ltd. , ५५१  पटक हेरिएको

केराबारी,  २ साउन । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ।

शुक्रबार कार्यालयमै पटके कर ठेक्का लिएका स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् । गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको छ । प्रवक्ता डीएसपी मानबहादुर राईले कार्कीलाइ चिकित्सकको निगरानीमा उपचार सुरु गरिएको र घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले कार्कीलाई नोबेल अस्पतालमा उपचार शुरु गरिएको जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०७६र०७७असार मसान्तसम्म गाउँपालिकाको पटके करको ठेक्का लिएका ठकुरी साउन १ गतेदेखि गाउँपालिका आफैंले कर उठाउन थालेको झोंकमा पालिका कार्यालय पुगेर आक्रमण गरेको कोईरालाले बताए ।

कार्की मोरङ कांग्रेसका प्रवक्ता पनि हुन् । सचिव कार्कीले आक्रमण गर्नेलाई कडा कारबाही हुनुपर्ने मागसहित प्रहरी(प्रशासनको ध्यानाकर्षण गरिएको बताएका छन् ।

प्रकाशित मिति: २०२०-०७-१७ , समय : १९:४७:२२ , ४ वर्ष अगाडि