प्रदेश १ मा ३३ काेभिड १९ संक्रमित थपिए, थप १४ डिस्चार्ज

Enepal Patra Pvt. Ltd. , ५७८  पटक हेरिएको

विराटनगर । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारका अनुसार योसँगै प्रदेशमा संक्रमितको संख्या ७७४ पुगेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार ओखलढुङ्गामा १५, इलाममा ६, झापा र सुनसरीमा ४–४, मोरङमा ३ र उदयपुरमा १ जनामा संक्रमण देखिएको छ । ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा २–२ पुरुष, झापाको भद्रपुरमा २ महिला, मेचीनगरमा १ महिला, कनकाईमा १ पुरुष, विराटनगरमा २ महिला र १ पुरुष तथा उदयपुरको त्रियुगामा १ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ बाट बिहीबार १४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत ४ महिला र १० पुरुष डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ५६ पुगेको छ ।

 

हाम्रोमत

प्रकाशित मिति: २०२०-०७-१६ , समय : १९:२९:३२ , ४ वर्ष अगाडि