हाम्रो नेपाल, हामी नेपाली अभियानले तिव्रता पाउँदै

Enepal Patra Pvt. Ltd. , ४६६  पटक हेरिएको

डम्बर सिन्चिउरी
ईटहरी,१ साउन ।   सुशासनका लागि ूहाम्रो नेपाल, हामी नेपालीू भ्रष्टचार विरुद्धको महाअभियान, नारा का साथ ०७६ साल फाल्गुण १५ गते केन्द्रीय स्तरमा गठित ूहाम्रो नेपाल, हामी नेपालीू नामक अभियानले हाल सुनसरीमा तिव्रता पाईरहेको छ । यस अघि देशका विभिन्न स्थानिय स्तरमा सक्रिय उक्त अभियानले हाल सुनसरी जिल्लका विभिन्न नगरपालिकामा आफ्नो संगठन विस्तार गरीरहेको अभियानका अभियन्ता एवं सुनसरी जिल्ला संयोजक सरोज चौंलागाईंले जनाएका छन् ।
संयोजक चौंलागाईंका अनुसार हाल सुनसरीको धरान उपमहानगरपालिका को ५ र ६ वडा स्तरिय , ईनरुवा नगरस्तरिय , चतरा लगायत का स्थानमा अभियान गठन गर्ने तयारी रहेको जनाईएको छ । यसै गरी यहि असार २८ गते आईतबार ईटहरीको ५ नम्बर वडामा समेत स्याम भट्टराई को संयोजकत्वमा सात सदस्य वडा कमिटि गठन गरिएको छ । यसरी गठित कमिटिका अन्य पदाधिकारीहरुमा सह( संयोजक सन्तोष कार्की, सचिव विशाल पौडेल , सहसचिव विवेक दाहाल , कोषाध्यक्ष तिर्थराज खनाल रहेकाछन् । साथै सदस्यहरुमा जबोस जंग बस्नेत र विवेक न्यौपाने रहेका अभियानका सुनसरी सचिव राजेश किम्दुङले जनाएकाछन् ।
किम्दुङ्का अनुसार हाल सुनसरीमा तिव्रता पाएको अभियान गठन को कामले अब चाँडै अन्य जिल्ला या प्रदेशमा समेत तिव्रता पाउने छ । यस अभिनमा भाग लिन जोसुकै देश प्रेमी एवं कुनै पनि राजनैतिक दलको सदस्यता नलिएका नेपाली नागरिक युवाहरुले सदस्यता लिन पाउने छन् ।
भ्रष्टचारले देश तहशनहश पारीरहेको ,साथै यस्तै अवस्था रहिरहे अबका केही वर्षमै हाम्रो देश विश्वकै भोक ,रोग र अभामा गुज्रिएका देशहरु मध्येकै प्रथम बन्ने खतरा रहेकाले यस्तो अवस्था आउन नदिन खबरदारी गर्ने उद्देश्यले आफुहरुले यो अभियान संचालन गरेको अभियन्ता एवं ईटहरी ५ का संयोजक स्याम भट्टराईले जनाएका छन् । भट्टराईका अनुसार आफुहरुले ५ महिनाकै अन्तरालमा देशव्यापि रुपमा विभिन्न प्रदेश स्तरिय खबरदारी सभा, भ्रष्टचार विरुद्धको सचेतना अभियान,भ्रष्टचारी विरुद्ध विभिन्न अदालतमा मुद्दा दायर साथै दर्जनौं जिल्लामा अभियान विस्तारको कार्य संचालन गरीसकिएको वताईएको छ ।
यसैगरी देशमा शिक्षा र स्वास्थ्य निशुल्क हुनु पर्ने , नेपाली श्रम शक्तिलाई विदेशिन बाट रोकेर स्वदेश मै रोवगारको व्यावस्था सरकारले गर्नु पर्ने साथै सरकारी स्तर बाटै जस्तोसुकै भ्रष्टचारीलाई पनि फाँसी अथवा आजिवन कारावास को सजाएको वयावस्था गर्दै भ्रष्टचार मुक्त देश घोषणा अविलम्व गर्नु पर्ने आफुहरुको माग रहेको अभिन्ता एवं सुनसरी संयोजक सरोज चौलागाईं ले जनाएका छन् ।

प्रकाशित मिति: २०२०-०७-१६ , समय : १६:५३:५६ , ४ वर्ष अगाडि