नयाँदिल्ली, ३१ असार । रासस/एएनआई। भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा २९ हजार ४२९ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या नौ लाख ३६ हजार १८१ पुगेको छ ।

त्यसैगरी भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या २४ हजार ३०९ पुगेको छ । ती मध्ये ५८२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या तीन लाख १९ हजार ८४० रहेको छ भने पाँच लाख ९२ हजार ३२ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र राज्यमा सङ्क्रमितहरुको संख्या दुई लाख ६७ हजार ६६५ पुगेको छ । तीमध्ये दश हजार ६९५ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु प्रदेशमा कुल एक लाख ४७ हजार ३२४ सङ्क्रमित हुँदा दुई हजार ९९ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी रहेको दिल्लीमा पनि एक लाख १५ हजार ३४६ जना सङ्क्रमित भएका छन् भने तीन हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.