सुुनबर्षीका सुभाष पासवानको उपचारका लागि ६३ हजार ८ सय८५ रुपैयाँ रकम सङ्कलन

Enepal Patra Pvt. Ltd. , ५८९  पटक हेरिएको

रबिन्द्र बराल
असार, २७ शनिबार । अबोध बालक पैसा नभएरै उपचारकाे अभावमा राेग पालेर हिड्न बाध्य भएको खवर विभिन्न टेलिभिजन तथा अनलाइनमा प्रसारण भए पछि अहिले उक्त बालक लाई उपचारका लागि सहयोगी हातहरु अगाडि बढिरहेको छ ।

मोरङको सुुनवर्सि नगरपालिका ६ स्थित कादुपाडा चोकका सुभाष पासवान पैसा अभावका कारणले उपचार गराउन सकेका छैनन । चैत्र महिना केहि दिन सामान्य ज्वरो आएपछि गाउँ घर तिरै दवाई गरेता पछि उनी निको समेत भए तर केही दिन पछि उनको दाहिने छातिमा सानो घाउँ भएको कारणले अहिले उक्त घाउ टुईमर देखा परेको छ । आमा कलाशी देवि पासवान र बुबा झरिलाल पासवानका कान्छा छोरा शुभाष अहिले उपचारको खोजिमा अरुको घरदैलोमा पुगेर उपचारका लागि उनका बुवा रकम सङ्कलन गरिरहेका छन । घरको आर्थिक अभावका कारण उनिहरु लाई छोराको उपचारमा निकै समस्या परेको छ । झरिलाल र कलाशी देवि दैनिकी ज्यालादारी गरी आफ्नो तीन छोरी र दुई छोराहरुको पालनपोषण गरिरहेता पनि कान्छो छोरा बिरामी भए पछि उनिहरु लाई दुई छाक टार्ने समेत हम्मेहम्मे परेको छ ।

१५ घुर जग्गामा सानो घर बनाएर बसोवास गर्दे आएका परिवारलाई अहिले छोराको उपचार गर्ने पैसा कहाँबाट ल्याउ भनेर चिन्तित अबस्थामा रहेका छन । काठमाडौंमा रहेको कान्ति बाल अस्पताल लैजान उनलाई अमरदहमा रहेको ढल्के जोवन क्लवले शनिबार ५१ हजार रुपैयाँ सहयोग गरेको छ । गरिव तथा निमुखा हरुको हरेक सहयोग र साथको लागि काम गर्दे आएको ढल्के जोवन क्लव का अध्यक्ष प्रताप तामाङको टिम पिडितकोे घर पुगि केही थोरै रकम भए पनि आफु हरुले आर्थिक सहयोग गरेको तामाङले बताए ।

सोहि क्रममा उपमेयर मन्जु राईले ब्यक्तिगत रुपमा ५ हजार ५ सय रुपैयाँ , उर्मिला राजवंशीले स्थानीय स्तरबाट सङ्कलन गरेर ६ हजार ८ सय ८० रुपैयाँ र समाजसेवी भिमलाल राजवंशी बाट ५ सय पाँच रुपैयाँ सहयोग गरेका छन ।

उपचारका लागि चार लाख रुपैयाँ सम्म खर्च हुने भने पछि आफुलाई निकै समस्या परेको बुबा झरिलालले बताए । उनले छोराको उपचारका लागि १५ घुर जग्गा रहेको घर समेत एक लाख रुपैयाँमा धितो पास गरेर लिएको रकम समेत सबै सकियो ।
अहिले छोरा लाई कसरी बचाउने हो भन्दै चिन्तित अवस्थामा रहेका छन ।

प्रकाशित मिति: २०२०-०७-११ , समय : १६:३५:२४ , ५ वर्ष अगाडि