खाँदबारी, २७ असार । सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमी हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान रुद्रबहादुर जिमी र नन्दकुमारी जिमीलाई प्रहरीले नियन्त्रणमा लिएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिनुभयो ।

घरबाट घाँस काट्न गएकी मनमाया भोलिपल्टसम्म नआएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मुलगाउँ नजिकैको जङ्गलमा शव फेला परेको प्रहरीको भनाइ छ । मनमायाको हत्या आरोप लागेका श्रीमान् रुद्रले नै प्रहरी खबर गरेको प्रहरी कार्यालयका सूचना अधिकारी राईले बताउनुभयो ।

मुलगाउँ नजिकैको जङ्गलमा मनमायाको शवलाई धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका मनमायाका श्रीमान् र नन्दकुमारीलाई २५ गते नै नियन्त्रण लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.