सुनवर्षीमा् भान्सा कोठाको उद्घाटन

Enepal Patra Pvt. Ltd. , ७२२  पटक हेरिएको

रबिन्द्र बराल

असार, २७ शनिबार  । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ८ मा रहेको सिक्टि प्रहरी चौकिमा बर्षो देखि भान्सा कोठा नहुदा थुनुवा कक्षमै खाना पकाएर खान बाध्य रहेको थियोे । प्रहरीको बिजोग देखेर बडा नम्बर ८ का बडा अध्यक्ष नुरुल मियाँले प्रहरी परिसरमा बडाको बजेट बाट एक कोठा भएको पक्कि भवन बनाउनका लागि दुई लाख रुपैयाँ सहयोग गरेका छन ।

कार्यक्रमको प्रमुख अतिथि मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले रिवन काटेर भान्सा कोठाको उद्घाटन गरेका हुन । कार्यक्रममा एसपी खड्काले भने आफु पनि यहि जिल्लाको भएको हुनाले आफुलाई सिमाक्षेत्र तथा अन्य ठाउँको धेरै सुचना आउने गरेको हुनाले प्रहरीले राम्रो काम नगरी सुख्ख नभएको समेत बताउनुभयाे । प्रहरी तपाईंहरु कै साथी भएको हुनाले तपाईंतहरुको सहयोगको पनि बढि खाचो रहेको एस्पी खड्का्ले बताउनुभयाे । सधैं जिउ धनको सुरक्षाको लागि २४ घन्टा रहेको र समाजमा विभिन्न प्रकारको जनचेतनामूलक कार्यक्रमतहरुको आवश्यकता रहेको हुनाले अबका दिनहरुमा गरिदै लैजाने समेत खड्काले बताउनुभया्े । कार्यक्रम ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल, ईलाका प्रहरी सिजुवका प्रहरी निरिक्षक मोहन रायमाझी , बडा अध्यक्ष ,समाज सेवि, बुद्धिजीवी ,स्थानीय हरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको चौकि इन्चार्ज प्रहरी साहयक निरिक्षक कुमार खड्काले जा्नकारी  दिनुभया्े ।

प्रकाशित मिति: २०२०-०७-११ , समय : १०:५६:५४ , ४ वर्ष अगाडि