पहिरोमा फसेकी महिलाको १८ घण्टामा जीवितै उद्धार

Enepal Patra Pvt. Ltd. , ३१९  पटक हेरिएको

गुल्मी,असार २४  । खेतबारीको मकै लिन गएका बेला उनि फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्या पेको

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरोमा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो । उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए ।

खेतबारीको मकै लिन गएका बेला उनि फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो । दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फ सेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् ।

प्रकाशित मिति: २०२०-०७-०८ , समय : १६:२४:२९ , ४ वर्ष अगाडि