अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण

Enepal Patra Pvt. Ltd. , ५१२  पटक हेरिएको

लेटाङ, ८ असार । अपांगता भएका ब्यक्तिहरुको समुह लेटाङले लेटाङ नगरपालिकाको आर्थिक सहयोगमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को महामारी भईरहेको अवस्थालाई मध्यनजर गर्दै लेटाङ नगरभरीका अपांगता भएका ब्यक्तिहरुलाई लक्षित गरी मास्क सेनिटाईजर, सावुन ,न्यानो कपडा, पंखा, छाता, बैशाखी, सेतो छडी लगायतका सामाग्री वितरण गरेको छ ।

कोभिड १९ को महामारीका बेला अपांगता भएका ब्यक्तिहरुलाई सहायक सामाग्रीले सरल हुने भन्दै सामाग्री वितरण गरिएको अपांगता भएका ब्यक्तिहरुको समुह लेटाङका अध्यक्ष तेजबहादुर लिम्बुले जानकारी दिनुभयो ।

 

दुई लाख बरावरको सामान वितरण गरिएको कोषाध्यक्ष सिता श्रेष्ठले जानकारी दिनुभयो । लेटाङ नगरपालिकाका सबै वडामा पूगेर वितरण गर्न लागिएको हो । प्रत्येक वडामा १६ जनाका दरले सामान वितरण गर्ने योजना अनुरुप १५० जनालाई सामान वितरण गर्न लागिएको समेत श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक बडामा पूगेर सामान वितरण गरिने समेत उहाँले बताउनुभयो ।

लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशिल वास्तोला , वडा नं. ४ का अध्यक्ष सन्तोष कार्कीले सामान वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२०-०६-२२ , समय : ११:०४:२० , ४ वर्ष अगाडि