कांग्रेसको भुमिका कमजोर भएको भन्दै ध्यानकर्षण

Enepal Patra Pvt. Ltd. , ८५८  पटक हेरिएको

विराटनगर,  ६ असार । बर्तमान अवस्थामा कोभिड १९ को महामारी संगै सरकारका जनविरोधी गतिविधिका कारण नेपालको अवस्था दिनदिनै गम्भिर र भयावह बन्दै गएको भन्दै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले स्थापना कालदेखि निर्बाहा गर्दै आएको जिम्मेवारी बर्तमान समयमा जुन गतिशिलता र क्रियाशिलताका साथ गर्नुपर्ने हो त्यो नगरिरहेको जनआवाज र पार्टीका साथीहरुको चासो , चिन्ता र आवाजलाई नेपाली कांग्रेसले मनन गरि सोही अनुसारका कार्यहरु गरेर पाटीहरुलाई चलायामान , गतिशिल र जनआकर्षणको पाटी निर्माण गर्न पूर्व नेविसंघ मोरङले नेपाली कांग्रेस मोरङ मार्फत ध्यानकर्षण गराएको छ ।

पाँच बुँदे ध्यानकर्षण पत्र जारी गर्दै भ्रष्ट्रचार, बेविचार ,दुराचार , हत्याहिंसा , अशान्ति,बलत्कार , अपहरणका घट्नालाई सरकारले प्रश्रय दिएको ,प्रत्यक्ष–अप्रत्यक्ष रुपमा नेकपाको समर्थ सहित यस्ता अपराधमा सरकारनै सामेल भएको र यस्ता घट्नालाई कांग्रेसले डटेर मुकाविला गर्न नसकेको प्रति पूर्व नेविसंघले ध्यानकर्षण गराएको हो ।  एमसिसिको बारेमा जनभावना अनुसार निर्णय गर्न समेत ध्यानकर्षण पत्रमा भनिएको छ । कोरोनाको महामारी चलिरहदा नेकपा भने उपचारका सामाग्री खरिद लगायतमा चरम भ्रष्टाचार गर्दा समेत कांग्रेसले मुकदर्शक मात्र बसेको भन्दै जनता समक्ष आवाज बुलन्द पार्न कांग्रेसको ध्यानकर्षण गरेको छ। कांग्रेसका भातृ संस्थाहरुलाई नियन्त्रित वनाउन खोज्दा समाप्तीको बाटोमा उन्मुख भएको भन्दै यस्तो महामारीमा समेत भातृ संस्थाहरु परिचालित नहुनुले पाटीलाई असर गरिरहेको भन्दै गम्भिरतापूर्वक लिई परिचालित तथा अधिबेशनको बाटोवाट निकास दिन ध्यानकर्षण गराएको छ ।कांग्रेसको महाधिबेशनको सन्दर्भ पनि आलटाल भईरहेको भन्दै यसलाई बेलैमा सच्याउन ध्यानकर्षण गराईएको छ ।

नेपाली कांग्रेस मोरङका सभापति डिगवहादुर लिम्बुलाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो । ध्यानकर्षण पत्र बुझाउनेहरु पूर्व नेविसंघका अगुवाहरु विमल संग्रौला, यदु विष्ट , मदन संग्रौला , ज्ञानेन्द्र ढकाल, मानबहादुर लिम्बु, कृष्ण कार्की , लगायत थिए ।

प्रकाशित मिति: २०२०-०६-२० , समय : १५:५५:१७ , ४ वर्ष अगाडि