दुई वटा योजनाको अनुगमन

Enepal Patra Pvt. Ltd. , ६३१  पटक हेरिएको

पथरी शनिश्चरे, ४ असार । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालन भएका योजनाहरुको अनुगमन्का क्रममा बिहीबर २ वटा निर्माणाधीन योजनाको अनुगमन् गरिएको छ ।
नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरको ८ लाख आर्थिक सहयोगमा वडा नम्वर ८ स्थित बुद्ध माविमा रहेको अधुरो भवनको पर्खाल तथा प्लाष्टरको निर्माणाधीन योजनाको अनुगमन् भएको छ ।
त्यस्तै, ८ नम्वर वडाकै सोमबारे बजारमा ट्रष्टमार्फत निर्माणाधीन पसल राख्ने टहराको पनि अनुगमन् भएको छ । प्रदेश १ सांसद कृष्णकुमारी राईमार्फत सांसद विकास कोषको १० लाख रुपैयाँमार्फत योजना अघि बढाइएको हो ।

प्रकाशित मिति: २०२०-०६-१८ , समय : १९:४१:१० , ४ वर्ष अगाडि