सिंगक समाजको भेला सम्पन्न

Enepal Patra Pvt. Ltd. , ७८२  पटक हेरिएको

लेटाङ २० माघ । सिंगक समाज नेपालको प्रदेश नं. १ स्तरिय भेला तथा वनभोज कार्यक्रम मोरङको वेलवारीमा रहेको बेतना सिमसारमा सम्पन्न भएको छ । लिम्बुु जातीहरुमा सिंगकहरु संगठित हुनेक्रममा रहेको र दाजुभाई तथा दिदीबहिनीहरुको मिलन गराउने उदेश्यले भेला तथा वनभोजको आयोजना गरिएको सिंगक समाजका अगुवा नविन सिंगकले जानकारी दिनुभयो ।
सिंगकहरुका अगुवा तथा समाजसेवी कपिलदेब सिंगकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्नातकोत्तर उर्तिणहरुलाई सम्मान तथा मायााको चिनो वितरण गरिएको थियो भने सिंगक थरका जनप्रतिनिधीहरुलाई समेत सम्मान गरिएको थियो । सिंगक समाजका बयोबृद्धाहरु , कालाकार तथा अन्य समाजका अगुवा तथा राजनीतिमा सक्रियहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा उदयमान बाल कलाकार मांगेनाको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पूर्ण सिंगकले गर्नुभएको थियो । भेलामा प्रदेश १ भरीका ४०० वढि सिगक परिवारको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २०१९-०२-०३ , समय : ११:२०:४६ , ५ वर्ष अगाडि