कानेपाेखरीमा विश्व वातावरण दिवस मनाइयो

Enepal Patra Pvt. Ltd. , ९८४  पटक हेरिएको

कानेपाेखरी ,२२ जेठ । माेरङकाे कानेपाेखरीस्थित सव डिभिजन वन कार्यालयले शुक्रबार विश्व वातावरण दिवसको अवसर पारेर फलफूलका बिरुवा राेपेकाे छ। वनले राखेको नर्सरी क्षेत्रमा कानेपाेखरी गाउँ पालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले आपकाे बिरुवा राेपेर कार्यक्रमकाे उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा बाेल्दै अध्यक्ष काफ्लेले नर्सरी राख्ने,वृक्षारोपण गर्ने र दिवस मनाउने परम्परागतले मात्रै जंगल नबढ्ने उल्लेख गर्नुभयो ।उहाँले राेपेका बिरुवाको संरक्षणमा उपभोक्ता र सराेकारवालाहरुले चासो राख्नुपर्ने बताउँदै रुख काटेर बिक्री गरेर मात्र सामुदायिक वनको दायित्व पूरा नहुने उल्लेख गर्नुभयो । सव डिभिजन वन कार्यालय कानेपाेखरीका प्रमुख तुलसीलाल यादवले गाउँपालिका र स्थानीय ६ वटा सामुदायिक वनकाे सहयाेगमा ५०हजार बिरुवाको नर्सरी तयार गरिएको बताउनु भयाे । साेहि अवसरमा स्थानीय उपभोक्तालाई वन कार्यालयले २०४० थान फलफुलका बिरुवा निशुल्क वितरण गरेकाे थियाे ।

प्रकाशित मिति: २०२०-०६-०५ , समय : १७:४५:४८ , ४ वर्ष अगाडि