Enepal Patra Pvt. Ltd. , ६५१ पटक हेरिएको
काठमाडौं, २२ जेठ । नेपालमा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो।
आज थपिएका ३३४ सहित नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। नेपालमा हालसम्म २९० जना उपचारपछि निको भएका छन्। प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म देशका ६५ जिल्लामा संक्रमण देखिएको छ।
प्रकाशित मिति: २०२०-०६-०४ , समय : १६:४०:४५ , ६ वर्ष अगाडि