कोरोना न्यूनीकरणमा जुध्दै रतुवामाइका मेयर रबिन राई

Enepal Patra Pvt. Ltd. , ४४८  पटक हेरिएको

रतुवामाइ, २१ जेठ । ‘एउटाले फोन गरेर कोरोना लागेको मान्छेहरु भारतबाट आउदैछ्न रे भन्छ, अर्कोले फोन गरेर हामी गाउ आउन पाइनौ भन्छन । रातभरि फोन आएर झिपिक्क गर्न पाईंदैन’, रतुवामाइ नगरपालिका प्रमुख रबिन राइले आफ्नो दैनिकी सुनाउँदै भन्नुभयो ।

देशमा कोरोना संक्रमण फैलिएपछि स्थानीय तहका जनप्रतिनिधिको व्यस्तता ह्वात्तै बढेको छ । ‘कहिले काहीँ त पानी पिउने फुर्सद पनि हुँदैन’, नगरप्रमुख राइले भन्नुभयो ।

रतुवामाइ नगरपालिका भारतिय सिमाना सङ नजिक रहेको नगर हो । भारतबाट विभिन्न नाकाबाट नेपाल आउनेहरु रतुवामाइ नगरपालिकामा भित्रने गर्छन् ।
भारतबाट आउनेहरुको ब्यबस्थापन गर्न निक्कै कठिन हुने गरेको नगरप्रमुख राइले बताउनुभयो ।

एकातिर आफ्नै पालिकामा क्वारेन्टाइन र अर्कोतिर नगरपालिकाको आउने आर्थिक वर्षको बजेट तथा कार्यक्रम निर्माण, त्यसमाथि जिल्लाका अन्य पालिका र बाहिरी जिल्लाका मानिसलाई गन्तव्यमा पठाउने, यी सबै कामले नगरप्रमुख राइको ज्वरो बढेको छ । ‘बढी दौडधुपले ज्वरो नै बढेछ, फोन आको आइ गर्छ, उहाले भन्नुभयो, जिम्मेवारी लिएको मान्छेले जनताको सेवामा ब्याक हुने कुरो हुदैन । तर कामको प्रेसर निक्कै बढि छ ।

कुनै पनि बेला ब्यापक संक्रमण देखिन सक्ने भएकोले नगरपालिका जनप्रतिनिधिहरु न्यूनीकरणमा जुटेका छन । ‘हामीसँग दुःख सुख क्वारेन्टिन छन्, बिदेसबाट र अन्यत्रबाट आएका मानिसहरु सम्पर्कमा आए काम गर्न सहज हुन्छ , राइले भन्नुभयो , भागेर त बिपत्ति निम्तिन्छ , कोरोनाबाट बच्नु हामी सबैको भलाइ हो ।
क्वारेन्टाइन र क्वारेन्टाइनमा बस्ने मानिसको व्यवस्थापन पनि स्थानीय सरकारलाई चुनौती बनेको छ । पहिलो त समुदायको आसपासमा क्वारेन्टाइन राख्दा विरोध आउँछ । बल्लबल्ल क्वारेन्टाइन बनायो त्यहीँ बस्‍नेबीच पनि विवाद सुरु हुन्‍छ ।
‘पहिला बसेकाले नयाँ आउनेलाई उसको कोठामा पस्नै नदिने, भारतबाट आउनेलाई नेपालबाट आउनेलेसँगै बस्न नदिने, कति हुन् कति समस्या पनि’, आफूले भोगेका अनुभव राइले सुनाउनु भयो ।
कतिपयले क्वारेन्टाइनमा बस्नेलाई सहयोग गर्न समेत आनाकानी गर्ने गरेको नगरप्रमुख राइको अनुभव छ । ‘
यो महासंकट भएकाले कुनै एकको प्रयासले मात्र जुध्न नसक्ने राइको भनाई छ । म जनप्रतिनिधि मेरो दायित्व केही बढी छ, तर यसमा हरेक संस्था, समूह र व्यक्तिकै योगदान आवश्यक छ’, राइले भन्नुभयो ।
व्यवस्थापनको काममा रातदिन खटि रहनुभएका प्रमुख राइलाई कतिपय बेलामा जिम्मेबार व्‍यक्तिले नै अयसहयोग गरेकोमा चित्त दुखेको छ । ‘क्वारेन्टाइन बनाउन लाग्यो विरोध, बसमा आफ्नो नगरबासी अन्यत्रबाट ल्यायो बिरोध , माहामारिको मौका छोपेर गरेको अतिक्रमण रोक्यो बिरोध , सबै लाग्नु पर्ने यस्तो बेलामा ठाउँठाउँमा आफ्नै जिम्मेवार मानिसलै नै अवरोध गर्छन्, यसो भयो भने यो संकट कसरी पार लगाउन सकिन्छ रु’ उहाँको प्रश्न छ ।

प्रकाशित मिति: २०२०-०६-०३ , समय : १२:५९:४२ , ४ वर्ष अगाडि