धरानबाट १८ कोरोना सङ्क्रमित निको भएर फर्किए

Enepal Patra Pvt. Ltd. , ६६२  पटक हेरिएको

इनरुवा, २० जेठ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना कोरोना सङ्क्रमित निको भएर सोमबार राति घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार दुई पटक पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई बीपी प्रतिष्ठानबाट गएराति डिस्चार्ज गरेर घर पठाइएको प्रतिष्ठानले जनाएको छ । निको भएर घर फर्किएकाहरूमा एक जना धरान(१३ की महिला रहेकी छिन् भने अन्य सबै झापा जिल्लाका हुन् ।
उनीहरूलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा। गौरीशङ्कर साह, सहायक निर्देशक डा। विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा। इन्द्र लिम्बुलगायतले बिदाइ गर्नुभएको थियो ।
धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरूलाई बसमा पठाइएको थियो । प्रतिष्ठानको आइसोलेसनमा अब ८० जना सङ्क्रमित उपचाररत छन् । ती सबै झापाका हुन् ।

प्रकाशित मिति: २०२०-०६-०३ , समय : ०६:३५:२८ , ४ वर्ष अगाडि