कानेपोखरी कांग्रेसद्वारा २६० परिवारलाई राहत वितरण

Enepal Patra Pvt. Ltd. , १०८१  पटक हेरिएको

कानेपोखरी कांग्रेसद्वारा २६० परिवारलाई राहत वितरण
कानेपोखरी(मोरङ) १९ जेठ । नेपाली काङ्ग्रेस कानेपोखरी गाउँ समितिले सोमबार वाड नं. २ का विभिन्न गाउँमा पुगेर २ सय ६० परिवारलाई राहत वितरण गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण देश पूर्ण रुपमा बन्दाबन्दीमा छ । बन्दाबन्दीले विपन्न र दैनिक रोजगारी गरी जीविकोपार्जन गर्ने परिवारको चुल्हो बल्न छोडेको अवस्थामा कांग्रेस राहत लिएर घर घर पुगेको हो । वाड नं. २ को कालीस्थान,कालीकोशी टोल,दलेली र केरौन चोकमा राहत वितरण गरिएको काङ्ग्रेस महासमिति सदस्य जयराज संयोकले बताउनु भयो । राहतमा १५ किलो चामल, १ किलो दाल,आधा लिटर तेल,१ किलो नून र एउटा नुहाउने सावुन वितरण गरिएको छ ।
राहतका लागि स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताले रकम सङ्कलन गरेको नेविसङ्घका विद्यार्थी नेता फणिन्द्र निरौलाले बताउनु भयो । त्यस्तै मोरङ २ का संघीय सांसद डाक्टर मीनेन्द्रप्रसाद रिजाल र कांग्रेस महासमिति सदस्य डाक्टर सुनील शर्माले समेत सहयोग गर्नु भएको छ । कानेपोखरी काङ्ग्रेसले यस अघि वार्ड नं.४, ५, ६ र ७ मा राहत वितरण गरिसकेको छ ।
राहत विरण कार्यक्रममा नेपाली कांग्ेस मोरङका सचिवद्वय नागेश कोइराला , मोदराज घिमिरे, महासमिति सदस्य जयराज संयोक र गाउँ सभापति योगेन्द्र दाहाल लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२०-०६-०१ , समय : १९:३२:४८ , ४ वर्ष अगाडि