सामूदायिक भवन निर्माणमा बिबाद,सबैको अपनत्व हुने गरी भवन बनाउनु पर्ने माग

Enepal Patra Pvt. Ltd. , १८२६  पटक हेरिएको

पथरीशनिश्चरे( मोरङ) १९ जेठ । प्रदेश सभा सदस्य कृष्णकुमारी राई र पथरीश्निश्चरे २ का वडाध्यक्ष यामप्रसाद गुरागाईको दबाबमा जवरजस्ती सामूदायिक भवन निर्माण गर्न थालिएपछि बिबाद उत्पन्न भएको छ ।
जग निर्माणको आधा भन्दा बढी काम गरी सकेर गत जेठ १५ गते सांसद राईले सामूदायिक भवनको शिलान्यास गर्नु भएको थियो । १ वर्ष गठित उपभोक्ता समितिले २ कट्ठा जग्गामा सामूदायिक भवन निर्माण गर्ने प्रक्रिया सुरु गर्दा शहरी विकास कार्यालय विराटनगरले मापदण्ड पुरा नभएको भन्दै भवन निर्माण प्रक्रिया रोकेको थियो ।सामूदायिक भवन बनाउन कम्तीमा ३ कट्ठा जग्गा चाहिने , सामूदायिक संस्थाको नाममा जग्गा हुनु पर्ने निरन्तर र अविछिन्न संस्था हुनु पर्ने लगायतका मापदण्ड तोकिएको छ । पुरानो उपभोक्ता समूहका अध्यक्ष पर्शुराम गुरुङले भन्नुभयो – गत वर्ष हामीले २ कट्ठा जग्गा रहेको सहमति लिएर जाँदा प्रक्रिया अघि बढेन । तर, अहिले अर्कै स्वायत्त संस्थाको आँगनमा लगेर सामूदायिक भवनको निर्माण सुरु भएको छ । उहाँले सत्ताको आडमा जवरजस्ती काम सुरु गरेको आरोप लगाउनु भयो । उहाँले कुनै धर्म विशेषको आस्थामा हामीले चोट पु¥याउँदैनौं । तर विधि , नियम र कानून सबैलाई बराबर प्रयोग हुनु पर्छ ।
शिलान्यासमा नै झ्याली
गत जेठ १५ गते प्रदेश सांसद कृष्णकुमारी राईले सामूदायिक भवनको शिलान्यास गर्नुभयो । तर, शिलान्यास हुँदा जग निर्माणको आधा भन्दा बढी काम भइसकेको थियो । प्रदेश सरकारले आफ्ना प्रत्यक्ष निर्वाचित सांसदलाई दिएको कार्यक्रम ‘ एक निर्वाचन क्षेत्र एक सामूदायिक भवन निर्माण ’ अन्तरगत यो कार्यक्रम पथरीशनिश्चरे २ मा आएको प्रदेश सभा सांसद सुयर्माराज राई बताउनु हुन्छ । राईले भन्नुभयो – प्रत्यक्ष निर्वाचित सांसदका लागि तय भएको कार्यक्रम शिलान्यास हुँदा सूचना सम्म दिइएन । राईले आम नागरिकको भावना विपरित मन्दिर भित्र लगेर सामूदायिक भवन निर्माण गर्दा भोलि समस्या सिर्जना हुने संकेत गर्नुभयो । मन्दिरका लागि सामूदायिक भवन आवश्यक छैन् भन्ने होइन । तर , प्रदेश सरकारले जुन उदेश्यले भवन निर्माण गर्न खोजेको हो त्यो उदेश्य पुरा भएन ।
शहरी विकास कार्यालयको लाचारपन
भवनको जेठ १५ गते शिलान्यास भयो । निर्माण सुरु भएको ५ दिनमा नै ७० फिट लम्बाई र ३१ फिट चौडाईको भवनको जगको काम सकिएको छ । भवन निर्माण सम्बन्धी जानकारहरू भन्छन् आधा काम सकेर शिलान्यास भएको देखिन्छ । ५ दिनमा यति धेरै काम गर्न नै मिल्दैन । ५ दिनमा नै यो सबै काम भएको हो भने भवनमा ठूलो आर्थिक हिनामिना भएको छ । जुन दिन भवन निर्माणको शिलान्यास भयो । सोही दिन शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख राम सवरण चौधरीले पथरीशनिश्चरे नगर कार्यालयलाई पत्र लेख्दै निर्माण कार्य स्थगन गर्न पत्राचार गरेको थियो । तर, सरकारी कार्यालयको उक्त पत्र बारे उपभोक्ता समिति र पथरीशनिश्चरे २ नं. वडा कार्यालय बेखबर छ । उपभोक्ता समितिका सचिव कमल निधि घिमिरे भन्नुभयो – फोटो कपि आएको छ , भन्ने सुनेको हुँ । तर पत्र देखेको छैन । उता २ नं.वडाका अध्यक्ष यामप्रसाद गुरागाईले समेत पत्र आएको सुनेको भए पनि आफ्नो कार्यालयमा हाल सम्म प्राप्त नभएको जवाफ दिनुभयो ।
उता शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख राम सवरण चौधरी भने काम रोकिएको दाबी गर्नु हुन्छ । उहाँले भन्नुभयो – काम नरोकिएको भए उपभोक्ता समितिले काम गर्न फुकुवा पत्र माग्नु पर्ने थिएन । उहाँले भन्नुभयो – कार्यालयले दिएको पत्र बुझेकोले नै उहाँहरूले फुकुवा पत्र माग्नु भएको हो । काम रोक्न निेर्देशन दिँदा दिँदै उहाँहरू काम गरिरहनु हुन्छ भने त्यसको जिम्मा उहाँहरूले लिनुपर्छ ।
१ नं. प्रदेशमा मोरङ क्षेत्र नं. ३(क)का प्रदेश सभा सदस्य एवं प्रदेश सभामा कांग्रेस संसदीय दलका सचेतक सुयर्माराज राईको पहलमा १ सांसद, १ वार्ड १ सामूदायिक भवन कार्यक्रम अन्तरगत सामूदायिक भवन निर्माण गर्न २० लाख रुपियाँ बजेट विनियोजन भएको थियो । सोही बजेट अन्तरगत उक्त सामूदायिक भवन निर्माण हुन लागेको हो ।
कांग्रेस भन्छ – निर्माण कार्य तुरुन्त रोक
यसै बीच नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समितिले समेत विज्ञप्ति निकालेर मापदण्ड विपरित मन्दिरको आँगनमा सामूदायिक भवन निर्माण नगर्न चेतावनी दिएको छ । मन्दिर हिन्दूको आस्थाको केन्द्रको मन्दिरलाई विवादमा ल्याएर राजनीति नगर्न कांग्रेसले सुझाएको छ । सामूदायिक भवन भब्य बनाउ । राम्रो बनाउ । तर , बिधि, नियम र मापदण्ड मिचेर होइन । नगर सभापति ईश्वर थापाले भन्नुभयो । सामूदायिक भवन सबै जात, धर्म, लिङ्ग वर्ण र समूदायको अपनत्व हुने गरी निर्माण हुनुपर्छ भन्ने मान्यतामा कांग्रेस दृढ छ । भोलिका दिनमा आउने संकटको सामना विधि र नियमलाई धोती लगाएर जवरजस्ती काम गर्नेहरूले लिनु पर्छ– कांग्रेस सभापति थापाले भन्नुभयो ।
आयोजनाको सूचना पाटी छैन
्काम सुरु भएको एक साता वित्न लाग्दा समेत उपभोक्ता समितिले आयोजनाको स्चना पाटी राखेको छैन् । सचिव घिमिरेले लकडाउनका कारण सुचना पाटी राख्न नसकिएको बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०६-०१ , समय : ११:४३:३७ , ४ वर्ष अगाडि