पथरीको क्वारेन्टिनमा ३४ जना

Enepal Patra Pvt. Ltd. , ७६६  पटक हेरिएको

पथरीशनिश्चरे, १६ जेठ । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन खडा गरेको प्रारम्भिक स्वास्थ्य सुरक्षाको एकान्तस्थल ‘क्वारेन्टिन’ मा हालसम्म ३४ जना मानिस पुगेका छन् ।

‘होल्डिङ एरिया’ को रुपमा पथरी बहुमुखी क्याम्पसमा सुरु गरिएको ‘क्वारेन्टिन’ मा आजसम्म ३४ जनालाई बसाइएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो ।

भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन नगर कार्यपालिकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा क्याम्पसमा ‘क्वारेन्टिन’ स्थापना गरिएको हो ।

‘क्वारेन्टिन’ का लागि पथरी अस्पतालले १०, कावेली अस्पतालले १०, सुदिप मेडिकलले ४ वटा बेड प्रदान गरेको छ ।

प्रकाशित मिति: २०२०-०५-२९ , समय : ०७:४७:१४ , ४ वर्ष अगाडि