सचेतक कार्कीको सहयोग ,सुत्केरीलाई

Enepal Patra Pvt. Ltd. , ४८९  पटक हेरिएको

काठमाडौं,१६ जेठ । सुत्केरीले खाना खान नपाएर बेहोस भएको भिडियो सामाजिक सञ्जालमा आएपछि नेपाली काँग्रेस प्रदेश १ का मुख्य सचेतक केदार कार्कीले उनीहरुलाई आवश्यक खाद्यान्न, लताकपडा तथा नगद सहयोग गर्नु भएको छ ।

भिडियो सार्वजनिक भएलगतै कार्की उक्त महिलाको खोजीमा निस्किनु भएको थियो ।

कार्कीले मोरङ बुढीगंगा गाउँपालिका वडा नं ४ गोकुवाकी १२ दिने सुत्केरी रेखा परियार र सोही गाउँपालिका वडा नं  ३ गोकुवाकै ६ दिने सुत्केरी नमिता ऋषिदेवलाई उनीहरुकै घरमा पुगेर उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको हाे ।

कार्कीले उनीहरुलाई चामल, दाल, तेल, मासु, नुन, सुत्केरी आमा र बच्चालाई आवश्यक कपडा र नगद दिएको स्थानीय काँग्रेस नेता जितनारायण थापाकाे भनाइ छ ।

समाजमा पछि पारिएका सुकुम्वासी तथा श्रमजिवी मजदुरको पक्षमा काम गर्दा आफूलाई सधै खुशी लाग्ने कार्कीले बताउनु भयो ।

यसअघि कार्कीले मोरङ र सुनसरीका मजदुरहरु काठमाडौंबाट पैदल हिडेरै घर गएको समाचार प्रकाशित भएपछि ती यात्रुलाई गाडीको व्यवस्था गरि सिन्धुलीबाट गृह जिल्ला पुर्याउनु भएको थियोे ।

प्रकाशित मिति: २०२०-०५-२९ , समय : ०६:४९:३४ , ४ वर्ष अगाडि