काङ्ग्रेसले गणतन्त्र दिवस मनाउने

Enepal Patra Pvt. Ltd. , ९२५  पटक हेरिएको

विराटनगर , १४ जेठ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानले जेठ १६ गते प्रदेश नं १ स्तरीय अन्तर संवाद कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम अनलाइन प्रविधिबाट हुनेछ ।
नेपाली काङ्ग्रेस केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानका सदस्य एवं कांङ्ग्रेस महासमिति सदस्य केशव निरौलाका अनुसार कार्यक्रम गणतन्त्र दिवशको अवसरका आयोजना गर्न लागिएको हो ।कार्यक्रममा कांंङ्ग्रेसका केन्द्रीय उप सभापति विमलेन्द्र निधि ,राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्दप्रसाद पोख्रेल र वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोविड १९ अस्पतालका डाक्टर नारायण भट्टराईको विशेष प्रस्तुति रहने छ । कार्यक्रममा नेपालको समसामयिक राजनीति, लोकतन्त्र सीमा विवाद र एमसीसी,आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक बजेटका विषयमा काङ्ग्रेस उप सभापति निधि र योजना आयोगका पूर्व उपाध्यक्ष पोख्रेलको प्रेस्तुति रहने छ भने कोविड १९ का विषयमा डाक्टर भट्टराईको प्रस्तुति रहने छ । कार्यक्रममा जिल्ला सभापतिहरूले पनि आफ्नो धारण राख्नु हुनेछ ।
प्रतिष्ठानका सदस्य निरौलाले भन्नुभयो – कार्यक्रममा एक हजार बढीलाई आमन्त्रण गरिएको भए पनि ५ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ । निरौलाले गत जेठ ११ र १३ गते अनलाई प्रविधिबाट नै बैठक बसी जेठ १६ का लागि कार्यक्रम तय भएको बताउनु भयो । प्रदेश स्तरीय कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारीहरू, महाधिवेधन प्रतिनिधिहरू,जिल्ला प्रशिक्षण शाखाका सदस्यहरू, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू र भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागि हुनेछन् । जिल्लाका उप सभापतिहरू प्रशिक्षण शाखाका प्रमुख हुने भएकोले सबै उप सभापतिहरूको कार्यक्रममा सहभागिता रहने छ ।
प्रशिक्षण प्रतिष्ठानले पार्टीको संरचनालाई सूचना प्रविधि मैत्री बनाउँदै लैजाने कार्यक्रम अन्तरगत नै यो कार्यक्रमको आयोजना गरिएको सदस्य केशव निरौलाले बताउनु भयो । कोरोना महामारीको बहानामा लोकतान्त्रिक मूल्य मान्यता माथि नै आक्रमण भइरहेको अवस्थामा यस्ता कार्यक्रमले पार्टी कार्यकर्तामा नयाँ उर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०२०-०५-२७ , समय : १२:२०:१२ , ४ वर्ष अगाडि