जीपी कोइराला फाउण्डेसनद्धारा मोरङका पत्रकारहरुलाई प्रेस ज्याकेट बितरण

Enepal Patra Pvt. Ltd. , ९७९  पटक हेरिएको

विराटनगर, १३ जेष्ठ । लकडाउनको समयमा समेत अग्रमोर्चामा रहेर कोरोना सक्रमणको सूचना प्रबाह गर्ने मोरङ पत्रकारहरुलाई पहेलो प्रेस ज्याकेट प्रदान गरिएको छ । मंगलबार जीपी फाउण्डेसन मोरङले एक कार्यक्रमका बीच प्रेस ज्याकेट बितरण गरेको हो ।

कोरोनाको अत्याधिक जोखिममा रहेका क्षेत्रमा कार्यरत पत्रकारहरूलाई लक्षित गरि प्रेस ज्याकेट बितरण गरिएको फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाले जानकारी दिए । उक्त ज्याकेट मोरङका ४५ जना पत्रकारलाई बितरण गरिएको छ । बाकी रहेका पत्रकारहरुवाट माग भए आबश्यकता अनुरुप बितरण गरिने अध्यक्ष निरौलाले बताए ।

उक्त प्रेस ज्याकेट केही दिन अगाडी फाउण्डेसनकी केन्द्रीय अध्यक्ष सुजाता कोईरालाले एक अनौपचारिक कार्यक्रमका बीच फोटो पत्रकार महासंघलाई हस्तान्तरण गरेकी थिइन् । ज्याकेट वितरण कार्यक्रममा बरिष्ठ पत्रकार शंकर खरेल,शेखर रेग्मी ,अनन्तराज न्यौपाने ,लिलाबल्लभ घिमिरे,कुमोद अधिकारी ,कुमार लुईटेल ,फोटो पत्रकार महासंघ प्रदेश १ अध्यक्ष बेदराज पौडेल लगयतका ब्याक्तिहरुको सहभागिता रहेको थियो । जीपी फाउण्डेसनले देश तथा बिदेशका विभिन्न भागमा सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रकाशित मिति: २०२०-०५-२६ , समय : १५:०५:३४ , ४ वर्ष अगाडि