थप ७२ मा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ६७५ पुग्यो

Enepal Patra Pvt. Ltd. , ३५७  पटक हेरिएको

काठमाडौं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  योसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रकाशित सोमबार बिहान १०:४५ को सूचना अनुसार धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके, बारा, दैलेखमा संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: २०२०-०५-२५ , समय : १२:४४:३० , ४ वर्ष अगाडि