काठमाडौं, ७ जेठ । नेपालमा थप २५ जनामा कोरोना 
भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या
 मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न
 जिल्लामा गरी कोरोना संक्रमित थपिएको जानकारी
 दिइएको हो।
आज थप भएका २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्। यी मध्ये बाँकेको नरैनापुरका ६ जना पुरुष छन् भने घनकुटाका ५ जना रहेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए। यस्तै कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिममा १ जना कोरोना संक्रमित भेटिएको प्रवक्ता देवकोटाले जानकारी दिए।यो सहित नेपालमा संक्रमितको संख्या ४२७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। कुल संक्रमित मध्ये ३५८ पुरुष र ६९ जना महिला छन्।

नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। ४५ जना उपचारपछि निको भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.