पशुपतिनगर, ३० पुस ।  चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बस्नुभएका डा गोविन्द केसीको स्वास्थ्यमा समस्या भएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । १६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उहाँलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।

डा केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा केसीका वार्ता टोली सदस्य अधिवक्ता डा सुरेन्द्र भण्डारीले बताउनुभयो । अस्पताल भर्ना गरिएपनि डा केसीले औषधि भने लिन मान्नु भएको छैन ।

वार्ताटोली सदस्य भण्डारीका अनुसार केसीको अवस्था नाजुक बन्दा पनि सरकारले वास्ता नगरेको बताउनुभयो । डा केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा हुनुहुन्छ ।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.