अमेरिकामा कोरोना पूरै निको पार्ने एन्टीबडी आविस्कार भएकाे दावी

Enepal Patra Pvt. Ltd. , ५८०  पटक हेरिएको

अमेरिका ४ जेेेठ । अमेरिकाको क्यालिफोर्नियामा रहेको एउटा बायोफर्मास्युटिकल कम्पनीले कोरोनाभाइरसको एन्टीबडी आविस्कार गरेको दावी गरेको छ । आविस्कार गरिएको एन्टीबडी चार दिनभित्रै कोभिड १९ संक्रमण निको बनाउने उल्लेख छ । समाचारमा यो एन्टीवडीले मानव शरीरलाई कोरोना भइरसबाट पूरै प्रतिरक्षा गर्ने उल्लेख छ ।

एसटीआई १४९९ एन्टीबडी नाम दिइएको सान् डिएगोको सरेन्टो थेराप्युटिकबाट उत्पादित सो एन्टीबडीबारे विस्तृत विवरण आज शुक्रबार सांझसम्ममा कम्पनीले नै सार्वजानिक गर्ने तयारी गरेको फक्स न्युजले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा।हेनरी जीले भनेका छन्, “हामी यसको उपचार छ भन्ने कुराको विश्वास दिलाउन चाहान्छौं ।

यसले शत्प्रतिशत कोभिड १९ को उपचार सम्भव छ ।” यो एन्डबडीको प्रयोगपछि कुनै सोसल डिस्ट्यान्सिंगको प्रयोग गरिरहनु नपर्ने र समाज पूरै पुरानै नर्मल अवस्थामा आउने दावी पनि डा।हेनरीले गरेका छन् ।

प्रकाशित मिति: २०२०-०५-१७ , समय : २१:१९:०८ , ४ वर्ष अगाडि