नेवि संघका नेता खेवाङद्धारा राहत वितरण

Enepal Patra Pvt. Ltd. , १६२४  पटक हेरिएको

काठमान्डौ, ३० बैशाख । नेवि संघका निवर्तमान केन्द्रीय सदस्य चन्द्रसुन्दर खेवाङले ८८ घरपरिवारलाई १५ केजी चामल नुन र तेल सहितको राहत वितरण गर्नुभएको छ ।

आफ्नो गाँउ पाँचथरको याङवरक ६ साविक नाँगि गाँउमा रहेका विपन्न परिवारलाई उक्त परिणामको राहत वितरण गरिएको खेवाङले जानकारी दिनुभयो ।

लकडाउनका कारण खाद्यान्न अभाव भईरहेका बेला खेवाङले दिएको राहत पाएपछि स्थानिय वासी खुसी भएका छन् । नेवि संघका नेता खेवाङलाई विपत्तीको घडीमा राहत प्रदान गरेर ठुलो गुन लगाएको भन्दै स्थानियले धन्यवाद दिएका छन् ।
खाद्यान्न अभावले भोकभोकै बस्नुपर्ने अवस्था आएमा आफ्ना गाँउवासीलाई खेवाङले सम्पर्क गर्न समेत अनुरोध गर्नुभयो । लकडाउन अझै लम्बिए आफु आफ्नो गाँउमा अझै राहत बाडिने समेत उहाँले जानकारी दिनुभयो ।

खेवाङले काठमान्डौ डेरा गरेर बसिरहेका २ सय विद्यार्थीहरुलाई समेत राहत दिनुभएको छ भने काठमान्डौमा हाल विद्यार्थीहरुलाई राहत वितरण भईरहेको खेवाङलेज जानकारी दिनुभयो । राहतका लागि सहयोगीदाता र वितरणमा सहयोग गर्नु भएका राम खेवाङ र गोपाल सिग्देललाई खेवाङले धन्यवाद समेत ब्यक्त गर्नुभयो ।

प्रकाशित मिति: २०२०-०५-१२ , समय : १३:१९:३८ , ४ वर्ष अगाडि