नेपाल विधार्थी संघ मोरंगले वृद्धाश्रममा खुवायो खाना

Enepal Patra Pvt. Ltd. , ८९४  पटक हेरिएको

विराटनगर  २८ बैशाख । नेपाल विधार्थी संघ मोरङद्वारा महिला आन्दोलनकी अथक योद्धा तथा पहिलो महिला उपप्रधानमन्त्री स्व शैलजा आचार्यको ७६ औं जन्म जयन्तीको अवशरमा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा जागृति बृद्धा आश्रमका आमाहरुलाइ बेलुकाको स्वास्थ्यकर खाना खुवाउनुका साथै खाधान्न , हेन्ड सेनिटाइजर,मास्क र ग्लोब्स हस्तान्तरण गरिएको थियो ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै नेवि संघ मोरङका पुर्व सभापतिद्वय मुक्ती प्रकाश न्यौपाने र सुभाष भण्डारीले लोकतान्त्रिक आन्दोलन , महिला हकहितको सवालमा प्रेरणादायी भूमिका निर्वाह गर्न प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान, युवा पिँढीका लागि समेत अनुकरणीयको एक अग्रणी साहासि योद्धा स्व शैलजा आचार्यको ७६औं जन्म जयन्तीको अवसरमा उहॉको योगदानको सम्मान प्रकट ,उहॉ प्रति भावपूर्ण श्रर्दासुमन अर्पण गर्दै बिशेष कार्यक्रमको सुरुवात गरे।

उक्त भावपुर्ण श्रद्धाञ्जली कार्यक्रममा शैलजा आचार्य गुठीकि अध्यक्ष मिता आचार्य, नेका महासमिती सदस्य सुची चौधरी,नेका क्षेत्रीय सचिब चेतराज रेग्मी ,नेपाल तरुण दल मोरङ अध्यक्ष प्रभाकर थापा,बुढी गंगा कार्यपालिका सदस्य राधिका शर्मा ,नेबि संघका देव चन्द्र घिमिरे , नेवि संघका पुर्व नेता सुभाष कामत,तरुण दल नेता मनिष तिम्सिना ,विधार्थी नेता दिपेन रौनियार,किशोर मेहेता,अंकित भट्टराई ,आशिका घिमिरे ,मनिषा दर्नाल,युवा अभियन्ता गोमा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२०-०५-१० , समय : १५:३८:०१ , ४ वर्ष अगाडि